सम्पर्क

रोग नलुकाइ डाक्टरलाई भने मात्र समयमा उपचार हुन्छ ः नगरप्रमुख तामाङ

आफ्नो शरिरमा लागेको रोग नलुकाइ डाक्टरलाई भने मात्र समयमा उपचार हुने मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राबिधिक सहयोगमा निशुल्क महिला स्वास्थ्य परिक्षणको उद्धघाटन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । शिविरको उद्घाटन गर्दै नगर प्रमुख तामाङले नगरवासिलाई स्वस्थ्य राख्न र सहज बनाउन नगर अस्पतालबाट टोल टोलमा,वडा वडामा र समय समयमा विगत देखिनै शिविर गर्दै आएको बताउनुभयो । उहाँले निर्धक्क आफ्ना समस्या नलुकाइ स्वास्थ्यकर्मिलाई भन्न आग्रह गर्दै आफुलाइ परेको समस्या लुकाउँदा उपचारमा समस्या पर्ने बताउँनु भयो । नगर उपप्रमुख उमा प्रधानले विभिन्न समस्याहरु सहेर घरमै बस्ने गर्नाले महिलाहरु अहिले ठुलो पिडामा रहेको बताउनुभयो । आफुमा भएको समस्या लुकाउने ,स्वास्थ्य परिक्षण नगर्ने आफ्नो समस्या अरुलाइ नभन्ने कारणले निको हुने रोग समेत ढिला भएका कारण निको नहुने गरेको बताउनुभयो । उहाँले सामान्य रोगको यहीँ उपचार गर्ने र जटिल खालको रोग देखापरेमा पनि निशुल्क उपचार गर्ने प्रबन्ध मिलाउन सहयोगी संस्था सामुदायिक स्वास्थ्य परिक्षण नेपाललाई आग्रह गर्नुभयो । सामुदायिक स्वास्थ्य परिक्षण नेपालका निर्देशक महादेव बानियाँले पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर भएका बिरामीको पहिचान र उपचार शिविरको मुख्य उदेश्य रहेको बताउनुभयो । उहाँले पाठेघर खस्ने समस्या भएका हरुको निशुल्क अप्रेसन हुने जानकारी गराउनुभयो । शिविरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्याको उपचार,रिङ्पेशरिको परामर्श र अप्रेशन सुविधा,स्त्रीरोग सम्बन्धी परिक्षण,पाठेघरको मुखको मयलको परिक्षण र परामर्श र निशुल्क पाठेघरको अप्रेशन सेवा प्रदान गरिने भएको छ ।