सम्पर्क

बर्तामान सरकार कागजी प्रकृयामामात्रै रहेको सग्रौलाको दाबी

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिला सग्रौला ले बर्तमान सरकार कागजी प्रकृया पुरा गर्न मात्र जानेको , देसका नागरिकको हितमा काम गर्नुका साटो भ्रष्ट, अनियमितता गर्ने हरुको हितमा काम गरेको स्पष्ट भएको बताँउँनु भएको छ । सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं १ बाह्रबिसेमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । बुधबार नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै सग्रौलाले केपि ओली नेतृत्वको सरकारले गिरिबन्धु टिस्टेट जग्गा प्रकरणमा भएको अनियमितता माथि छानबिन गर्नुपर्ने बताउनु भयो ।बर्तमान सरकार कर्मकान्डी र कागजी प्रक्रिया पु¥याउन मात्रै लागि परेको छ, अहिलेको गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गर्न नस्सक्ने सग्रौलाले आरोप लगाउनु भयो। एमाले, माओवादी लगायतको अहिले सरकार नागरिक प्रती उत्तरदायी छैन उसलाई कसरी सत्ता टिक्छ र कसरी सत्ता टिकाउने भन्ने खेलमा मात्रै लागि परेको उहाँको आरोप छ। देश भर सहकारीको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।गृहमन्त्री आफै सहकारीको रकम अपचलन गरेर दोषी देखिएका छन तर सरकार भने ढाकछोपमा लागि परेको छ। रास्वापाका सभापति रबि लामिछानेले आफू माथी आरोप लागेपछि पदमा बसिरहनु नैतिक रुपले दिदैन लामिछानेले राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नु पर्ने सग्रौलाले बताउनु भयो। नेपाली काङ्ग्रेस नागरिकको हितको लागि सधैं काम गर्ने पार्टी हो हामीले नागरिकको समस्यालाई समाधान गरेर अगाडि बढ्नुपर्ने छ। पार्टीको संगठनलाई बजबुद बनाएर लगे नेपाली काङ्ग्रेसले निर्वाचन कहिले नहार्ने उनहाँको जिकिर छ। त्यस्तै क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले पार्टीको जिम्मेवारी सगै नगरबासिको हितमा काम गरिरहेको बताउनु भयो। हामीले निर्वाचन जितेपछि बाह्रबिसे नगरपालिकामा नगरबासीको बिकास र हितको लागि सधै लागि परेको बस्नेतले बताउनु भयो सो अबशरमा बस्नेतले नेपाली काग्रेसका प्रभावशाली नेता केन्द्रीय सदस्य महोन बहादुर बस्नेत सरकारमा रँहदा होस या नरहँदा होस विकासका काममा उत्तीकै लागी पर्नु भएका कारण सिन्धुपाल्चोकको बिकासमा सहजता भएको बताँउनु हँुदै बाह्रबिसेमा आएर हाम्रा कामहरुको बारेमा समेत चासो लिइदिनु भएकोमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सग्रौला लगाएत सबैमा बिशेष धन्यबाद दिन्छु भन्नु भयो ।   नेपाली काँग्रेसका नेताहरु जिवन भण्डारी,शेखर भण्डारी लगाएतका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा भएको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेसका स्थानाीय युवा नेता अधिराज कुमार बस्नेतले ष्र्नू भएको थियो । केन्द्रीय सदस्य सग्रौला जेष्ठ २ गते देखी ८ गते सम्मको काभे्रपलान्चोक सिन्धुपाल्चोक,दोलखा,रामेछाप,सिन्धुली । ओखद ढुङ्गा, सोलखुम्बु र खोटाङ्ग जिल्लाको अगुवा कार्यकर्ता भेलामा सहभागी हुँने क्रममा उँहा सिन्धुपाल्चोक आउँनु भएको हो ।