सम्पर्क

ब्रेकिङ न्युज १

जिल्ला स्तरीय शिक्षक भलिबल :मेलम्ची र इन्द्रावती सेमिफाइनलमा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, स्वास्थ्य
 देवराज सुबेदी  सिन्धुपाल्चोक , १८ जेठ पाँचपोखरी थाङपाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगितामा बलेफी गाउँपालिका लाई पराजित गर्दै मेलम्ची नगरपालिका सेमिफाइनल प्रबेश गरेको छ ।आज सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा बलेफिलाई सोझो सेटमा पराजित गरेको हो । त्यस्तै दोश्रो क्वाटरफाइनलमा सुनकोशी गाउँपालिकालाई सोझो सेटमा पराजित गर्दै इन्द्रावती गाउँपालिका सेमिफाइनलमा पुगेको छ । भोलि हुने तेस्रो क्वाटरफाइनल खेलमा हेलम्बु र जुगल तथा चौथोमा पाँचपोखरी ए र चौतारा साँगाचोक गढी नगरपालिका भिड्ने छन ।थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका -४ मा प्रतियोगिताको उद्घाटन गर्नुहुँदै पालिका अध्यक्ष टासी लामाले शिक्षण पेशा सम्मानित पेशा रहेको बताउँदै उहाँहरु प्रति उच्च सम्मान रहेको बताउनुभयो ।उहाँले पेशासंगै शिक्षकको अन्य शृजनशिल कार्यक्रममा सह...

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी 

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक सम्पत्तिमा महिला र पुरुषको समान अधिकार कानूनले सम्बोधन गरेपनि त्यसको विषयमा जानकारी नै हुन नसकेको बताएका छन् । राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 'कानूनले सम्पत्तिमाथि छोराछोरी दुवैको समान अधिकारको व्यवस्था गरेको भएपनि धेरैलाई त्यसको विषयमा जानकारी नै हुन सकेको छैन । तल-तल त्यसको विषयमा जानकारी नै छैन', मन्त्री चौधरीले भन्नुभयो, 'आफ्नै दाजुभाइसँग किन झगडा गर्ने, किन सम्बन्ध बिगार्ने भनेर पनि धेरै महिलाहरूले सम्पत्तिमाथि दाबी नै गर्ने गरेका छैनन् । जबकि यो हामी सबैको समान अधिकार हो । होइन बेकारमा परिवारमा किन द्वन्द्व सिर्जना गर्ने भनेर महिलाहरू पछाडि सर्ने गरेको पाइन्छ ।'यी कुराहरूको एड्भोकेसी गर्न जरुरी भएको ...

अस्पतालमा पचास वेड थप्दा सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था हुन्छ – पूर्वस्वास्थमन्त्री बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक/ १७ जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोककाे चौतारा अस्पतालमा हाल भएको व्यवस्थामा पचास वेड थप्दा सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउन सकिने बताउनुभएको छ। चीन सरकारको सहयोगमा सिन्धुपाल्चोककाे चाैतारामा निर्माण सम्पन्न भएको चौतारा अस्पताल नवनिर्मित भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा मन्तव्य राख्नुहुँदै बस्नेतले हाल पचास वेड क्षमता रहेकाे उक्त अस्पतालमा पचास वेड थप गरि सिन्धुपाल्चोकमा नै नर्स, पारामेडिक्स पढ्ने व्यवस्था मिलाउनुपर्छ भन्दै प्रधानमन्त्री प्रचण्ड समक्ष उक्त व्यवस्था मिलाउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हाे । "सबै जिल्ला अस्पतालहरुलाई पचास वेडकाे स्वीकृत भइसकेको छ। प्रदेशकाे माताहतमा रहेकाे याे अस्पताललाई पचास वेड थपेर एक सय वेड बनाउन सकियाे भने नर्स, पाराम...

रिलायबल नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चौतारा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ पिपलडाडा घर भएकि मृतक सुजता खत्रीको जेठो छोरा इबेश खत्री लाई चौतारा स्थित शाखा कार्यालयमै २ लाख २५ हजार ६ सय रुपयाको मृत्युदाबी भत्तानी चेक हस्तान्तरण गरिएको हो ।३ बर्ष अघि चौतारा शाखा कार्यालयबाट २ लाख रुपैयाँ बीमाङकको रिलायबल सुलभ जिबन बीमा योजना खरीद गरेकि खत्रीको तिन किस्ता भुक्तानि पछि कालगतिले मृत्यु भएको थियो ।आफ्नो आमा गुमाउनुको पिडा त छदै तर पनि आमाले रिलायबलमा थोरै भए पनि जिबन बिमा गर्नु भएको रहेछ अहिले मलाइ पढ्नको लागि खर्च पुग्ने भन्दै छोरा इबेश खत्रीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लाइ धन्यबाद दिनु भयो ।जिबनमा मानिसलाइ कति खेर के बिपत्ति आइपर्छ थाहा हुदैन तर जिबन बिमा गरिराखे आपत बिपत पर्दा आर्थिक रुपमा सहयोग बिमा...

नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताउनुभएको छ । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवद्र्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताउनुभयो । “गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।” उहाँले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई तल्लो तहका जनताले अनुभूत गर्ने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । “प्रदेश सरकारका नीति तथा...

आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोडअर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ६७ अर्ब २८ करोडअर्थात् १९ दशमलव ७४ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा छ दशमलव दुई प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा २१ दशमलव ५६ प्रतिशतले बढी हो । बजेट हेर्न यँहा थिच्नुहोस Budget-2081.082 कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार खर्ब आठ अर्ब ८७ करोड विनियोजन गरिएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट...

लेखापढी कानुन ब्यवसायिहरूको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण

ब्रेकिङ न्युज १, समाचार
 सिन्धुपाल्चोकको लेखापढी कानुन ब्यवसायिहरूको क्षमता अभिवृद्धि गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल लेखापढी कानुन ब्यवसायी एसोसियसन जिल्ला कार्यसमितिको आयोजना र नेपाल बार एसोसियसन सिन्धुपाल्चोकको समन्वयमा भएको कार्यक्रममा ३५ जनाको सहभागिता रहेको थियो । जिल्ला बारका अध्यक्ष भुपेन्द्र बहादुर थिङले सहजिकरण गर्नुभएको कार्यक्रमको सभापतित्व लेखापढी कानुन ब्यवसायीको जिल्ला अध्यक्ष दिपककुमार श्रेष्ठले गर्नुभएको थियो । अधिवक्ता प्रेमकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको औचित्यवारे कार्यसमिति सदस्य माधवप्रसाद ढकाललले प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा लेखापढी कानुन ब्यवसायी एसोसियनका प्रदेश सदस्य ईन्द्रप्रसाद दुलाल, पुर्व जिल्ला अध्यक्ष रामप्रसाद गौतम लगायतको सहभागिता रहेको थियो ।...

मन्त्री भण्डारीद्वारा उद्योग परिषरको छड्के अनुगमन

ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले त्रिपुरेश्वरस्थित उद्योग परिषरमा आज छड्के अनुगमन गर्नुभएको छ । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेसहित परिषर पग्नुभएका मन्त्री भण्डारीले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, विशेष आर्थिक क्षेत्र प्राधिकरण, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँलगायतका कार्यालयका प्रमुख तथा कर्मचारी र सेवाग्राहीसँग भेट तथा कुराकानी गर्नुभएको थियो । सो क्रममा मन्त्री भण्डारीले सेवाग्राहीको प्रतिक्रिया पनि लिनुभएको थियो । सेवाग्राहीले उक्त कार्यालयहरुबाट हुने सेवा प्रवाहका विषयमा उहाँ समक्ष गुनासा सुनाउनुका साथै सकारात्मक कामका विषयमा पनि जानकारी गराएका थिए । अनुगमनका क्रममा उद्योग विभागका महानिर्देशक यज्ञ कोइराला, कम्पनी रजिष्ट्रार दिपक पहाडी, विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख तुलसी मरासनी, गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख राकेश...

चौतारा नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत रहेका चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा गरिएको छ । आईतबार बागमति प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीको प्रमुख आथिथ्यतामा चौतारा साँगाचोकगढी नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा नगरपालिका घोषणा गर्नुभएको हो । यससँगै चौतारा साँगाचोकगढी नगरपालिका औपचारिकरुपमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्ने सिन्धुपाल्चोकको पहिलो स्थानीय तह भएको छ । यसअघि बागमती प्रदेश सरकार शिक्षा विकास निर्देशनालय हेटौडाको ४५ लाख बजेटको योजनामा चौतारा साँगाचोकगढी नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा अभियान चलाइएको थियो । सो अभियान अन्तरगत अभिभावक शिक्षा, बालग्राम देखि १० ओटा ई कक्षा ब्यवस्थापन, तथ्याङ्क संकलन लगायतको कार्य गरीएको नगर शिक्षा शाखाले प्रमुख बसन्त राज जोशीले...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
काठमाडौँ, १२ जेठ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ । महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको छ । महानगरपालिकाको शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो । सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ । हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन्भने छ सय संस्थागत विद्यालय छन् । यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले...