शिक्षामा चमत्कारी सुधार गर्ने बोहाराको दाबी
त्रिपुरासुन्दरी गाउँपालिका नवनिर्वाचित अध्यक्ष भक्तध्वज बोहराले सामुदायिक बिद्यालय शिक्षामा चमत्कारी सुधार गर्ने, बताउँनु भएको छ । उँहाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षाको बेसलाइन सर्वे गरेर त्यसैको प्रतिबेदनको आधारमा चालु शैक्षिक सत्रबाट सुधार गर्ने, जनताका आधारभूत स्वास्थ्य अधिकार सुनिश्च्तिता गर्न सबै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाको सेवा उपचारमा सुधार गर्ने, स्वास्थ्य बीमा अनिवार्य गर्ने, त्रिपुरासुन्दरीमाई, लट्टेश्वर महादेव लगायतका देवालय बिकास र सुधार गर्दै धर्मालम्बी र आन्तरिक पर्यटक, बाह्य पर्यटक भित्राउदै धार्मिक पर्यटन प्रर्बद्धन गर्ने अध्यक्ष बोहराले बताउनु भएको छ ।
बाहेराले आफ्नो कार्यकाल ऐतीहासिक हुने बताउँदै गाउँपालिकाका सबै वडालाई सडक सञ्जालले जोड्ने, सबै सडकलाई १२ महिना संचालनमा ल्याउने गरी सडकको स्त्तरोन्नति गर्दै कालोपत्रे गर्ने, वडादेखि पालिका केन्द्रसम्म आ...
