सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिका वडा न ८ मानेस्वारा,बाह्रमुरे स्थायी घर भएको दिपक भण्डारीको डोजरमा तेल हाल्ने क्रममा मृत्यु भएको छ । हामीलाइ प्राप्त समाचार अनुसार अरनिको मेन बाह्रबिसे÷तातोपानी सडक मर्मत गरिरहेको कन्ट्रक्सन कम्पनीका डोजरमा हेल्फर रहेर कार्यरत रहनु भएका भण्डारीको डोजरमा डिजल हाल्ने क्रममा कम्पनीको चरम लापरबाहीको कारण निधन भएको स्थानीयहरुले बताएका छन ।
नेपाल विद्युत प्राधिकरण द्वारा संचालित विद्युतय तार डोजरमा टच हुँदा घटना स्थानमा नै निधन भएकाजनाइएको छ । त्यस समबन्धमा स्थानिय नागरिकहरुले घटनाको सत्यतथ्य के हो? भन्ने बिषयमा तत्काल छानबिन गरि जानकारी दिन भण्डारी परिबारले माग गरेका छन । यस सम्बन्धमा बाह्र्बिसे नगरपालिकाका प्रमुख बाल कृष्ण बस्नेतले घटना प्रती गहीरो दुख ब्यक्त गर्दै श्रदान्जली ब्यक्त गर्नु भएको छ ।
