सम्पर्क

विचित्र संसार

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् ः राष्ट्रपति पौडेल

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् ः राष्ट्रपति पौडेल

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, ७ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्नुभएको छ । उहाँले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनि कामना गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनलाई पथ प्...
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  रासस काठमाडौँ, ६ फागुनः नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट आज प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा गरिएको हो । प्रतिज्ञापत्र सार्वजनिक भएका सन्दर्भमा कांग्रेसले पार्टी कार्यालय सानेपामा आजै पत्रकार सम्मेलन गरी उल्लेखित भिजन १० का बुँदाका बारेमा जानकारी गराएको छ । कांग्रेसले आमनिर्वाचनबाट बहुमत सहितको लोकतान्त्रिक र लोकहितमा समर्पित सरकार बनाउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले यसपटक जिम्मेवारी, दृष्टिकोण र सङ्कल्पको आत्मबोधबाट नेपाल संसारकै एक उत्कृष्ट देश बन्नसक्ने भावना, कार्ययोजना र आधारसहितको...
सिन्धुपाल्चोक १ मा ‘सुबोध’द्वारा लिसंखुपाखरबाट औपचारिक मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको सुरु

सिन्धुपाल्चोक १ मा ‘सुबोध’द्वारा लिसंखुपाखरबाट औपचारिक मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको सुरु

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
 ४ फागुन, सिन्धुपाल्चोक । क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव सापकोटा 'सुबोध'ले आज लिसंखुपाखर गाउँपालिकाको पाखर बजारबाट औपचारिक रूपमा मतदाता भेटघाट तथा सुझाव संकलन अभियानको सुरुवात गरेका छन् । चौतारामा हिजो प्रतिबद्धता पत्र सार्वजनिक गरेका सिन्धुपाल्चोक हजारौं नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक तथा मतदाताहरूले पाखर बजारमा उनलाई भव्य स्वागत गर्दै जितको शुभकामना दिए । तामाङ बाहुल्य क्षेत्र लिसंखुपाखर तारामय बनेको थियो । पूर्व सभामुख अग्निप्रसाद सापकोटाले पनि उनीलाई शुभकामना दिन लिसंखुपाखर पुगेका थिए । पाखर बजारबाट सुरु भएको अभियानमा तारामय झण्डासहितको विशाल जुलुस निकालिएको थियो । स्थानीय बासिन्दा, युवा, महिला, विद्यार्थी र पार्टी कार्यकर्ताहरूले डम्फु झ्याली, झाँकी र नाराहरूका साथ उनलाई स्वागत गरेका थिए । र्‍यालीमा सहभागीहरूले 'सुबोधलाई जिताउन ता...
श्री सेतिदेबी पञ्चकन्या आधारभूत विद्यालयमा शैक्षिक मेला भव्य रूपमा सम्पन्न

श्री सेतिदेबी पञ्चकन्या आधारभूत विद्यालयमा शैक्षिक मेला भव्य रूपमा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
हिरा खड्का, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. –८ स्थित जम्मुमा रहेको श्री सेतिदेबी पञ्चकन्या आधारभूत विद्यालयमा शैक्षिक मेला भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि तथा व्यवहारिक सिकाइ प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न शैक्षिक सामग्री र परियोजना कार्य तथा प्रदर्शनी प्रस्तुत गरिएको थियो।कार्यक्रम बाह्रबिसे नगरपालिका वडा न–८ का वडा अध्यक्ष तथा नगर प्रबक्ता बिमल प्रसाद पौडेलको प्रमुख आतिथ्यता भएको थियो । भने जि.एन.एच.ए संस्थाका शिक्षा अधिकृत ठाकुर प्रसाद पौडेल, “विकासका लागि एकता” का कार्यकारी निर्देशक प्रदीप हुमागाईं तथा फिल्ड अफिसर सुमन रम्तेलको विशेष अतिथि रहेको थियो । बिद्यालयमा प्रयाप्त विद्यार्थी संख्या भएको र अन्य विद्यालयमा माथील्लो कक्षा अध्यनको लागि जाने विद्यार्थीका लागि भौगोलिक जोखीम बढी हुनुका साथै ...
स्थानीयको माग सम्बोधन गर्दै काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको छ नगर प्रमुख बालकृष्ण बस्नेत

स्थानीयको माग सम्बोधन गर्दै काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको छ नगर प्रमुख बालकृष्ण बस्नेत

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
धर्म सस्कृती र परम्पराको संरक्षण गर्दै मठ मन्दीर पाटी पौवा बाटोघाटो र शिक्षा तथा स्थानीय उत्पादनमा प्रोत्साहान स्थानीयलाइ रोजगार दिनु आफ्नो पहीलो कर्तब्य भएकाले सोही अनुसार काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । नगर प्रमुख बस्नेतले बाह्र्बिसे नगरपालिका वडा नं ३ धार्पा स्थित नारायणथान मन्दीरको सिल्यान्यास गर्दै यस्तो बताउँनु भएको नगर सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार नगर प्रमुख बस्नेतले नेपाली काँग्रेसका प्रभाबशाली नेता पुर्ब मन्त्री मोहनबहादुर बस्नेतले स्थानीय नागरिक को माग सम्बोधन गर्न सके मात्र नेता भएको प्रमाणीत हुने भन्दै निशुल्क शिक्षा स्वास्थ्य खानेपानी सँगै यस्ता मठ मन्दीर गुम्बा लगाएत बिभिन्न धर्मममा आश्था राख्ने सबैको माग बमोजिम काम गर्नका लागी आफुलाइ नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको...
माइती गएकी महिलाको भीरवाट लडेर मृत्यु, एक पुरुषको सुतेकै अवस्थामा ज्यान गयो

माइती गएकी महिलाको भीरवाट लडेर मृत्यु, एक पुरुषको सुतेकै अवस्थामा ज्यान गयो

ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक । सिन्धुपाल्चोकजिल्लामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा अनुसार सिन्धुपाल्चोकको लिसंखुपाखर गाउापालिका–१ डाँसे घर भएकी ४१ वर्षीया सानु तामाङको घाँस काट्ने क्रममा भीरवाट लडेर मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ रतनकोटस्थित माइतीघर गएकी तामाङ घाँस काट्ने क्रममा भीरवाट लडेर गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुन घर भई जुगल गाउँपालिका–४ डल्लेपोखरीस्थित बज्रपानी एण्ड ठोकर कन्स्ट्रक्सनमा कार्यरत मजदुर ५४ वर्षीय रामचन्द्र भण्डारी मृत फेला परेका छन् । ६ महिनादेखि निर्माण कम्पनीमा कार्यरत मजदुर सुतेकै अवस्थामा फेला परेका हुन् ।...
चौतारामा नागरिक समाज सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चौतारामा नागरिक समाज सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
निमा बोम्जन चौतारा ,सामाजिक विभेद, कुरीति, अधिकार संरक्षण र जनचेतना अभिवृद्धिजस्ता विषयमा स्थानीय निकायहरुले बिशेष ध्यान दिन पर्ने सरोकारवालाहरुले बताएका छन । नेपाल पत्रकार महासघको सभाहलमा सोमबार भएको स्थानीय योजना तथा कानुनी निर्माण प्रक्रियामा नागरिक समाजको सहभागितासम्बन्धी एक अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । सहभागीहरूले आगामी दिनमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय विकास प्रक्रियामा नागरिक आवाज सशक्त बनाउनुपर्ने समेत बताएका छन्।स्थानीय तहको नीति तथा योजना निर्माणमा नागरिक संघ–संस्थाको भूमिका स्पष्ट पार्नु र सहभागिता बढाउनु मुख्य उद्धेश्य सहित रहेको गैरसरकारी संस्था महासङ्घले आयोजना गरेको उक्त कार्यक्रममा महासंघका अध्यक्ष भवानी श्रेष्ठ, मानबअधिकारबादी प्रतिनिधि नातिबाबु धिताल, नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष ध्रुवा दङ्गाललगाय...
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, ३ फागुनः अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको हो । राष्ट्र बैंक ऐन जारी भएयता नौ पटक संशोधन भइसकेको सन्दर्भमा प्रस्तावित संशोधन दशौँ हुनेछ । अर्थ मन्त्रालयका अनुसार केन्द्रीय बैंकको उद्देश्य, कार्यक्षेत्र र संरचनालाई अन्तरराष्ट्रिय रुपमा स्वीकार्य अवधारणासँग तादम्यता कायम गर्ने, संस्थागत स्वायत्तता सुदृढ गर्ने तथा सुपरीवेक्षकीय र नियमन भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ ऐन संशोधन गर्न लागिएको हो । त्यस्तै, केन्द्रीय बैंकको निर्णय प्रक्रियामा पारदर्शीता, जवाफदेहिता र व्यावसायिकता अभिवृद्धि गर्न कानुनी आधार अद्यावधिक गर्नुपर्ने भएकाले विधेयक ल्याउन लागिएको...
सिन्धु काग्रेसका उम्मेदवारहरुद्धारा पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न

सिन्धु काग्रेसका उम्मेदवारहरुद्धारा पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नेपाली काग्रेस सिन्धु पाल्चोक जिल्लाको दुबै क्षेत्रका उमेदवारहरुले पहीलो चरणको मतदाता भेटघाट कार्यक्रम सकिएको र अब दोश्रोचरणको कार्यक्रम शुरु हुन लागेको बताएका छन । यस क्रममा प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नं – २ नेपाली काङ्ग्रेसका उम्मेदवार बंशलाल तामाङ ले पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको बताउँनु भएको छ । पहीलो पटक भएको भेटघाट कार्यक्रमबाट सिन्धुपाल्चोक जिल्ला क्षमेत्र नं २मा पाटीले आफुलाइ उमेदवार बनाएर पठाएकोमा मतदाताहरु खुशी भएका २१गतेको निर्बाचनामा अत्याधिक बहुमत बाट बिजय गराउँन मतदाता आतुर रहेको पाएको उमेदवार बंशलाल तामाङले बताउनु भएको छ । उँहाले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो । विविध आरोह र अवरोहहरुका बिचमा संविधानको रक्षार्थ नेपालमा २०८२ फाल्गुन २१ गते संघिय संसदको निर्वाचन हुदैछ । यसै शिलशिलामा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ मा नेपाली काग्र...
सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
दमौली (तनहुँ), ३ फागुनः तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गर्नुभयो । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट हुनुहुन्छ । गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तलाखेती सुरु गर्नुभएको थियो । सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने गरेको बताउँदै उहाँले बजारमा समस्या नरहेको सुनाउनुभयो । त्यसैगरी, व्यास नगरपालिका–१३ बेनीकोटका कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गर्नुभयो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु तीन लाखको सुन्तला बिक्री भएको उहाँले बताउनुभयो । विदेशबाट फर्किएर सुन्तलाखेतीमा लाग्नुभएका गिरबहादुरले यस वर्ष रु तीन लाख ५० हजारको सुन्तला बिक्री गरेको बताउनुभयो । यी त केही उदाहरण हुन्, तनहुँका कृषकले यस वर्ष रु ४५ करोड ५० लाखको सुन्तला बिक्री ग...