सिन्धुपाल्चोक । सिन्धुपाल्चोकजिल्लामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा अनुसार सिन्धुपाल्चोकको लिसंखुपाखर गाउापालिका–१ डाँसे घर भएकी ४१ वर्षीया सानु तामाङको घाँस काट्ने क्रममा भीरवाट लडेर मृत्यु भएको छ ।
सुनकोशी गाउँपालिका–५ रतनकोटस्थित माइतीघर गएकी तामाङ घाँस काट्ने क्रममा भीरवाट लडेर गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुपाल्चोककै त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुन घर भई जुगल गाउँपालिका–४ डल्लेपोखरीस्थित बज्रपानी एण्ड ठोकर कन्स्ट्रक्सनमा कार्यरत मजदुर ५४ वर्षीय रामचन्द्र भण्डारी मृत फेला परेका छन् ।
६ महिनादेखि निर्माण कम्पनीमा कार्यरत मजदुर सुतेकै अवस्थामा फेला परेका हुन् ।
