धर्म सस्कृती र परम्पराको संरक्षण गर्दै मठ मन्दीर पाटी पौवा बाटोघाटो र शिक्षा तथा स्थानीय उत्पादनमा प्रोत्साहान स्थानीयलाइ रोजगार दिनु आफ्नो पहीलो कर्तब्य भएकाले सोही अनुसार काम गर्न पाएकोमा आफुलाइ खुशी लागेको बाह्र्बिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भएको छ । नगर प्रमुख बस्नेतले बाह्र्बिसे नगरपालिका वडा नं ३ धार्पा स्थित नारायणथान मन्दीरको सिल्यान्यास गर्दै यस्तो बताउँनु भएको नगर सचिबालयका राजकुमार बस्नेतले जानकारी दिनु भयो । उँहाका अनुसार नगर प्रमुख बस्नेतले नेपाली काँग्रेसका प्रभाबशाली नेता पुर्ब मन्त्री मोहनबहादुर बस्नेतले स्थानीय नागरिक को माग सम्बोधन गर्न सके मात्र नेता भएको प्रमाणीत हुने भन्दै निशुल्क शिक्षा स्वास्थ्य खानेपानी सँगै यस्ता मठ मन्दीर गुम्बा लगाएत बिभिन्न धर्मममा आश्था राख्ने सबैको माग बमोजिम काम गर्नका लागी आफुलाइ नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको जिम्मेवारी दिएको र बाह्रबिसे नगरबासीहरुले यसलाइ अनुमोदन गरेर आफुलाइ नगर प्रमुखमा जिताएको हुँदा आफू राजधानी केन्द्रीत नभइ बाह्रबिसे नगरपालिका केन्द्रीत भएर काम गरिरहेको बताउँनु भयो ।
वडा नं ३का वडाअध्यक्ष जिबन भण्डारीले नेपाली काग्रेसको निती नै स्थानीय बिकास भएकाले यसका लागी आफुहरु लागी परेको र यो मन्दीर निर्माणका लागी नेपाली काग्रेसका प्रभाबशाली नेता मोहन बहादुर बस्नेतको बिशेष पहलमा समपुरक बजेट मार्फत १करोड बिस लाख र नगर पालिका बाट १करोड बिस लाख रुपैया बिनियोजन गराउँनु भएकोमा नगर प्रमुख बालकृष्ण बस्नेत र पुर्ब मन्त्री मोहन बहादुर बस्नेतलाइ बिशेष धन्यबाद दिनु भयो । वडा नं ३मा निर्मीत उक्त मन्दीर निर्माणको ठेक्का प्रकृया शुरु भइ मन्दीरको सिल्यान्यास गरिएको नगर सचिबालयका बस्नेतले जानकारी दिनु भयो।
