हिरा खड्का, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. –८ स्थित जम्मुमा रहेको श्री सेतिदेबी पञ्चकन्या आधारभूत विद्यालयमा शैक्षिक मेला भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि तथा व्यवहारिक सिकाइ प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न शैक्षिक सामग्री र परियोजना कार्य तथा प्रदर्शनी प्रस्तुत गरिएको थियो।कार्यक्रम बाह्रबिसे नगरपालिका वडा न–८ का वडा अध्यक्ष तथा नगर प्रबक्ता बिमल प्रसाद पौडेलको प्रमुख आतिथ्यता भएको थियो । भने जि.एन.एच.ए संस्थाका शिक्षा अधिकृत ठाकुर प्रसाद पौडेल, “विकासका लागि एकता” का कार्यकारी निर्देशक प्रदीप हुमागाईं तथा फिल्ड अफिसर सुमन रम्तेलको विशेष अतिथि रहेको थियो ।
बिद्यालयमा प्रयाप्त विद्यार्थी संख्या भएको र अन्य विद्यालयमा माथील्लो कक्षा अध्यनको लागि जाने विद्यार्थीका लागि भौगोलिक जोखीम बढी हुनुका साथै अन्य बिद्यालय पनि टाढाका दुरीमा भएको हुँदा यही बर्षबाट ५ कक्षाबाट कक्षा थप गरि ६ कक्षा संचालन गर्न जनशक्ति लगायत अन्य आबस्यक सहयोग गरिदिनु हुन सरोकारवाला निकायलाई बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खड्ग बहादुर अधिकारीले अनुरोध गर्नु भएको थियो । कार्यक्रममा अभिभावक,शिक्षा प्रेमी,समाजसेवी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू,शिक्षक अभिभावक संघका पदाधिकारीहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, अन्य बिद्यालयको विद्यार्थीहरूको सम्मेत उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा सहभागी अतिथिहरूले विद्यालयले सञ्चालन गरेको शैक्षिक गतिविधिको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास र प्राबिधिकका साथै व्यवहारिक ज्ञान विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। शैक्षिक मेला कार्यक्रम अन्य कार्यक्रमहरु भन्दा फरक भएको हुँदा शैक्षिक प्रगती र उन्नतीमा थप टेवा पुग्ने एक अभिभाबकले बताउनु भयो । शिक्षक विद्यार्थीहरुले सैद्दान्तिकका साथै प्रयोगात्मक बिधी प्रयोग भएको स्टलहरु अबलोकन गर्नु भई अन्य विद्यालयले पनि यस्ता नमुना कार्य सिक्न जरुरी रहेको वडा अध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी पौडेलले बताउनु भयो । प्रमुख अतिथी पौडेलले सरकारी विद्यालयमा यस्ता प्रयोगात्मक कार्यले विद्यार्थीको सीप तथा क्षमतामा अभिबृद्दी हुनेछ भने बिद्यालयको शिक्षक कर्मचारीको समूह कार्यको पनि प्रशंसा गर्नु भएको थियो ।विद्यालयका प्रधानध्यपक श्याम कृष्ण नेपालले शैक्षिक मेला कार्यक्रममा उपस्थित भई सहयोग तथा साथ दिनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
