निर्बाचन आउँन १५दिन बाँकी हुँदा सिन्धुपाल्चोकका उमेदवारहरुलाइ मतादाताहरु सँग भेटघाट गर्न मा चटारो परेको छ सिन्धुपाल्चोकजिल्लामा बिशेष गरी नेपाली काँग्रेस र नेकपा एमाले , नेपाली कम्युनिष्ट पाटी राप्रपा , रास्वपा लगाएतका दलहरु बिच चुनावी प्रतिष्पर्धा भइरहेको छ । सबै उमेदवारहरु आफु जित्नेमा ढुक्क सँग लागी परिरहेका छन । यसै बिषयलाइ लिएर नेपाली काग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाका निर्बाचन क्षेत्र नं २मा पर्ने वडा नं १,५,६,७,८,११,१२,१३,१४ गरी ९वटा वडाहरुको वडा इकाइ सभापती सचिब तथा पदाधिकारीहरुको मङ्गलबार एक छलफल कार्यक्रम भएको छ ।
छलफलमा नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी बिलबहादुर तामाङले निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्न सबै राजनितीदलहरु एक भएर लाग्न पर्ने बताउानु हुँदै नेपाली काँग्रेसका साथीहरु आफ्नो दाइत्व पुरा गर्न लागी पर्नु पर्ने बताउँनु भयो । उँहाले नेपाली काँग्रेसका सबै साथीहरुले निर्बाचन सम्पन्न गराउँन लाग्न र यदी कँही कतै निर्बाचन भाँड्ने खालका होहल्ला तथा शान्तीपुर्ण प्रचार प्रसारमा अबरोध गर्न खोजे वा कुनै प्रकार अबाञ्छनीय गतिबिधी हुन खोजेमा तत्काल नजीकको सुरक्षा निकाएमा खबर गरिदिन हुन समेत अनुरोध गर्नु हुँदै आगामी निर्बचनमा बंशलाल तामाङलाइ अत्याधिक मतले जिताउँन लागी पर्न अनुरोध गर्नु भयो । यसै गरी नगर इकाइ सभापती इन्द्रलोचन धितालले गत निर्बाचनमा तेश्रो स्थान हासिल गरेको नगरपालिकामा यस बर्ष पहीलो स्थानमा पाटीलाइ ल्याउँन सबै लागी पर्नु पर्ने बताउँनु भयो ।नगर सचिब भगवान खड्काले नगरपालिकाका १४वटै वडामा तत्काल बैठक बसेर प्रचार प्रसार समिती बनाइ निर्बाचन प्रसार प्रचारमा लाग्न वडा हरुलाइ अनुरोध गर्नु भयो । यसै बिच नेपाली कम्युनिष्ट पाटी, नेकपा एमाले, राप्रपा , रास्वपा लगाएतका पाटीहरुले पनी प्रचार प्रसारलाइ तिब्र बनाएका छन ।
