नेपाली काग्रेस सिन्धु पाल्चोक जिल्लाको दुबै क्षेत्रका उमेदवारहरुले पहीलो चरणको मतदाता भेटघाट कार्यक्रम सकिएको र अब दोश्रोचरणको कार्यक्रम शुरु हुन लागेको बताएका छन । यस क्रममा प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नं – २ नेपाली काङ्ग्रेसका उम्मेदवार बंशलाल तामाङ ले पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको बताउँनु भएको छ ।
पहीलो पटक भएको भेटघाट कार्यक्रमबाट सिन्धुपाल्चोक जिल्ला क्षमेत्र नं २मा पाटीले आफुलाइ उमेदवार बनाएर पठाएकोमा मतदाताहरु खुशी भएका २१गतेको निर्बाचनामा अत्याधिक बहुमत बाट बिजय गराउँन मतदाता आतुर रहेको पाएको उमेदवार बंशलाल तामाङले बताउनु भएको छ । उँहाले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो ।
विविध आरोह र अवरोहहरुका बिचमा संविधानको रक्षार्थ नेपालमा २०८२ फाल्गुन २१ गते संघिय संसदको निर्वाचन हुदैछ । यसै शिलशिलामा सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ मा नेपाली काग्रेस पार्टीको तर्फबाट म वंशलाल तामाङ लाइ र क्षेत्र नं १ मा जिल्ला सभापति जंग बहादुर लामा लाई अगाडी सारिएको कुरा सर्वविदितै छ । यसै क्रममा विगत केही दिनदेखि शुरु भएको निर्वाचन केन्द्रीत नेपाली काङ्रेसको तर्फबाट मतदाता माझ आफ्ना एजेन्डा प्रस्तुत गर्दै निर्वाचन प्रचार प्रसार गर्ने पहिलो चरणको हाम्रो कार्यक्रम क्षेत्रका सबै स्थानीय तहका मतदाता ज्युहरुको घरदैलोमा पुगेर भव्यताको साथ सम्पन्न भएको बताउँनु भएको छ। उँहाले यस क्रममा मतदाता हरुले नेपाली काग्रेस पार्टीप्रति देखाउनु भएको माया र विश्वास प्रती आभार समेत ब्यक्त गर्नु भएको छ ।पहीलो चरणको घरदैलो कार्यक्रममा एकजुट भई सकृयता को साथ मैदानमा उत्रनु भएका नेपाली काग्रेसका विभिन्न तह र तप्काका नेतृत्व लगायत पार्टीका शुभेच्छुक मित्र हरुप्रति हार्दिक धन्यवाद ज्ञापन समेत गर्नु भएको छ ।उहाले अब हुने दोस्रो चरणको निर्वाचन प्रचारप्रसारको कार्यक्रममा अझ धेरै उत्साहको साथ चनाखो भई आआफ्नो स्थानीय तहहरुमा आफ्नो भुमिका र जिम्मेवारी अनुरुप खट्नुहुनेछ भन्ने अपेक्षा राख्दै आफ्नो घर दैलो कार्यक्रममा मतदाताहरुले देखाएको उत्साह अनी आफु प्रती गरेको भरोसा प्रती पुन आभार ब्यक्त गर्दे मतदाताका माग र चाहाना अनुसार आफुले काम गर्ने बताउँनु भयो ।नोपली काँग्रेसका सिके चौलागाइले पाँचपोखरी गाउँपालिकाको लागर्चे बाट सुरु गरेर ,भोटेनानाम्लाङ ,थाङ्ग्पाल धाप,गुन्सा ,थाङ्ग्पाल्कोट ,भोताङ,हेलम्बु गाउँपालिका, चौतारा साँगाचोकगढीनगरपालिका , मेलम्चिको शिखरपुर ,ज्यामिरे ,दुबाचौर ,तालामाराङ मेलम्ची ,बांसबारी ,सिन्धुकोट, थकनी,हैबुङ ,भोटेचौर हुँदै फटकसिला सम्म ,अभियानमा जोडिनुहुने पार्टीका सम्पुर्ण साथिहरु ,नेपाली कांग्रेस पार्टी ,र उम्मेदवारलाई शुभकामना, सहीत मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको जानकारी दिनु भयो ।
यसै गरी नेपाली काङ्ग्रेसका उम्मेदवार जंगबहादुर तामाङ ले प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नं – १मा पहिलो चरणको मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको जनाउनु भएको छ । उँहाले जुगल गाउँपालिका, देखि शुरूगरि बलेफी, भोटेकोसी गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका,सुनकोसी गाउँपालिका, चौतारा सांगाचोकगढी नगरपालिका बारबिसे नगरपालिकेका लगाएका सम्पुर्ण वडा हरुमा पहीलो चरणको भेटघाट कार्यक्रम सम्पन्न गर्नु भएको छ । यसरी भेटघाट कार्यक्रममा १ क्षेत्रका मतदाताहरुले नेपाली काग्रेसलाइ बिगतको भन्दा अझ बढी मत दिएर बिजय गराउँन आफुहरु लागी पर्ने मतदाताहरुको भनाइ रहेको उमेदवार लामाले बताउँनु भएको छ । कागे्रसका सभापती जङ्ग बहादुर लामाले सिन्ुपाल्चोक जिल्लाको दुबै क्षेत्र काग्रेसले जित्ने पक्का भएको आफुले पाएको बताउदै मतदाताको समस्या समाधानका लागी नेपाली कांग्रेस पार्टी सँधै लागी परिरहेकाले पनी जित निश्चीत भएको बताउनु भयो । सभापती तथा उमेदवार लामाले घर दैलो अभियानमा सहयोग गर्ने पाटीका बिभिन्न तहका ब्यक्तीहरु बिभिन्न पेशाका सबैलाइ बिशेष आभार ब्यक्त गर्दै अर्काेचरणको कार्यक्रममा पनी यसरी नै सबैको साथ र सहयोगका लागी अनुरोध गर्नु भएको छ ।
