सम्पर्क

चौतारामा नागरिक समाज सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

निमा बोम्जन चौतारा ,सामाजिक विभेद, कुरीति, अधिकार संरक्षण र जनचेतना अभिवृद्धिजस्ता विषयमा स्थानीय निकायहरुले बिशेष ध्यान दिन पर्ने सरोकारवालाहरुले बताएका छन । नेपाल पत्रकार महासघको सभाहलमा सोमबार भएको स्थानीय योजना तथा कानुनी निर्माण प्रक्रियामा नागरिक समाजको सहभागितासम्बन्धी एक अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन । सहभागीहरूले आगामी दिनमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय विकास प्रक्रियामा नागरिक आवाज सशक्त बनाउनुपर्ने समेत बताएका छन्।स्थानीय तहको नीति तथा योजना निर्माणमा नागरिक संघ–संस्थाको भूमिका स्पष्ट पार्नु र सहभागिता बढाउनु मुख्य उद्धेश्य सहित रहेको गैरसरकारी संस्था महासङ्घले आयोजना गरेको उक्त कार्यक्रममा महासंघका अध्यक्ष भवानी श्रेष्ठ, मानबअधिकारबादी प्रतिनिधि नातिबाबु धिताल, नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष ध्रुवा दङ्गाललगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा नेपाल पत्रकार महासघका अधइक्ष धु्रब दङ्गालले स्थानीय तहमा नीति तथा कार्यक्रम निर्माण गर्दा नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नु भएको थियो । उँहाले उनीहरूले पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि नागरिक समाजले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुएको थियो ।कार्यक्रममा यस्ता कार्यक्रमले नागरिक समाज र स्थानीय तहबीच समझदारी तथा सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको सघका अध्यक्ष भवानी श्रेष्ठले बताउँनु भयो । कार्यक्रममा महासंघ बागमती प्रदेशका सचिव नरेश श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी दिदै कार्यपत्र प्रस्तुति गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष धु्रव दंगाल, उपाध्यक्ष कमला पाख्रिन तथा मानवअधिकारकर्मी नातिबाबु धितालले समसामयिक परिवेशमा महासंघको भूमिकाबारे मन्तव्य राख्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भवानी श्रेष्ठले स्थानीय तहको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिक समाजको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले पारदर्शिता, उत्तरदायित्व र सुशासन प्रवद्र्धनका लागि नागरिक समाजको निरन्तर खबरदारी र रचनात्मक सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।