सम्पर्क

निर्वाचन सुरक्षाबारे चौतारामा प्रहरी–सञ्चारकर्मी भेटघाट

सिन्धुपाल्चोक , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, चौताराले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ। निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउने तयारीबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक काजी कुमार आचायले , निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गराउँन प्रहरी लागी परेको र सुरक्षाका कारण निर्बाचनमा कुनै पनी बाधामअड्चन हुन नदीन प्रहरी अहीले देखीनै सतर्क रुहेको बताउानु भयो । उँहाले जिल्लामा ९६६ जना नेपाल प्रहरी र १,७०८ जना म्यादी प्रहरी तयारी अवस्थामा राखिएको बताउँनु भयो । संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाइने र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गरिने समेत सो अबशरमा जानकारी दिदै दुर्गम स्थानमा हेलिकप्टरमार्फत सुरक्षा व्यवस्थापन गर्ने तयारीसमेत गरिएको बताउँनु भयो ।प्रहरीले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्दै निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा बनाइने स्पष्ट पार्दैे शान्त पुर्ण तरिकाले मतदान गर्न गराउँन लागी पर्ने बताउँनु भयो । उँहाले सञ्चार कर्मीहरु सँग समन्वय गरेर पारदर्शी सूचना प्रवाह गर्ने र कुनै पनि गतिविधिलाई नजिकबाट निगरानीमा राख्ने प्रतिबद्धता जनाउँनु हुँदै आम मतदातालाई ढुक्क भई मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नु भयो । भेटघाट कार्यक्रममा आचार्यले शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गर्नु भयो । निर्वाचनलाई भव्य, शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासको नमूना बनाउने लक्ष्यका साथ सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको प्रहरीले जनाएको छ।कार्यक्रममा प्रहरी निरीक्षक जेसी शाह तथा नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष ध्रुव दङ्गाललगायत विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।