सम्पर्क

विचित्र संसार

सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता तथा निर्वाचन प्रक्रियामा सञ्चारकर्मी र राजनीतिक दलको भूमिकाबारे अन्तरक्रिया गरेको छ। आगामी फागुन २१ गते हुने निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्नका लागी सञ्चार क्षेत्रबाट खेलीने भुमिकाका र निर्बचान आचासंिताका बारेमा केन्द्रति रहेकर भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासघका पदाधिकारी जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थितीमा जल्लिा सम्मन्वय समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। अन्तरक्रियामा सहभागी सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन अधिकारीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता, मर्यादित चुनावी प्रचारप्रसार र भ्रामक सूचना नियन्त्रणका विषयमा छलफल गरीएको थियो ।  ...
स्वतन्त्र सहित्य पुञ्जद्धारा भव्य कवि गोष्ठी आयोजना

स्वतन्त्र सहित्य पुञ्जद्धारा भव्य कवि गोष्ठी आयोजना

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौं । स्वतन्त्र साहित्य पुञ्ज नेपालले विशेष कवि गोष्ठी एवं श्रष्टा भेटघाट कार्यक्रय सम्पन्न गरेको छ । ललितपुर स्थित महालक्ष्मी नगरपालिका टिकाथलीमा संस्थाले वरिष्ठ साहित्यकार तथा छन्द कविहरुको उपस्थितिमा भव्य जमघट आयोजना गरेको हो । संस्थाका अध्यक्ष भवानी न्यौपाने भावनाको अध्यक्षता र महाकाव्यकार एवं वरिष्ठ साहित्यकार मुकुन्द शर्मा चालिसेको प्रमुख आतिथ्यताका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डा. ढुन्डीराज पहाडी विशिष्ठ अतिथि र डा. रमेश शुभेच्छुकले समिक्षकका रुपमा वाचित कविताहरुबारे समिक्षा गर्नुभएको थियो । कार्यक्रममा कवि ढुन्डीराज पोखरेले, हरि घिमीरे, चिरञ्जिवि सिग्देल, शारदाप्रसाद पहाडी, रत्न बिरही घिमीरे, कल्पना काफ्ले, एसआर दुवाडी लगायतले कविता वाचना गर्नुभएको थियो । उक्त कार्यक्रम सञ्चालन संस्थाकी सदस्य छन्दिका त्रिपाठीले गर्नुभएको थियो भने स्वागत मन्तव्य दिव्यलक्ष्मी पोखरेलले...
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा मल्टिमिडिया पत्रकारिता तलिम सुरु

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा मल्टिमिडिया पत्रकारिता तलिम सुरु

खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको सदरमुकमा चौतारामा मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजना र जुगल गाँउपासिलकाको आर्थीक सहयोगमा स्थानीय क्रियाशील सञ्चारकर्मीहरुको लागि मल्टिमिडिया पत्रकारिता तालिम शनीबार पत्रकार महासघंको बहुउद्धेश्यीय कक्षाहलमा सुरु भएको हो ।शाखा कार्यालयको बहुउद्धेश्यीय कक्षमा जारी तालिमको समुद्घाटान गर्दै जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोलेमिडिया बजारमा खरो प्रतिस्पर्धा गर्न सञ्चारकर्मी दक्ष हुनुपर्नेमा जोड दिनु भयो । उँहाले महआसघले गरेको यो तालिमले जिल्लामा पत्रकारिताको बकिास हुने बताउँदै आगामी बर्ष पनी महासघलाइ यस्ता सिपमुलक र उपलबधीमुलक कामकका लागी सहयोग गरिरहने बताउाँनु भयो । नेपाल पत्रकार महासघ जिल्ला शाखा अध्यक्ष ध्रुव दङ्गालले जिल्लाका सञ्चारकर्मीहरुको दक्षता अभिवृद्धि गर्न यस्ता तालिमका कार्यक्रमलाई तीव्र बन...
पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
म्याग्दी, ३ माघ : मगर समुदायको मौलिक लोक संस्कृति पुर्ख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा नौ समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा बिम तल्लो गाउँ पहिलो, पन्थोक राजदाङ दोस्रो र चिउरीबोट तेस्रो भएको नेपाल मगर संघ मालिकाका अध्यक्ष ओमकार रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो, दोस्रो र तेस्रो हुने कलाकार समूहलाई क्रमश रु. ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्षहरु पथबहादुर रोका, उदयबहादुर रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । “मगर समुदायको जन्म, मृत्यु, बिवाह, छेवारमा अनिवार्य प्रस्तुत गर्नुपर्ने पुरख्यौली नाच संरक्षण र नयाँ पुस्तामा सिप हस्तान्तर...
ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार
 सिन्धुपाल्चोक । एसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यार्थीहरूको रुचि र चाहनाअनुसार विषयवस्तु चयन गरी अध्ययन–अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले “एउटा विद्यालयले कम्तीमा एउटा विषयमा विद्यार्थीलाई दक्ष बनाउने उद्देश्यका साथ शैक्षिक प्रणाली अघि बढाउनुपर्छ,” भन्दै विद्यालयमा सञ्चालनरत प्राविधिक धारको अध्यापनलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । शिक्षा नै समग्र विकासको मेरुदण्ड भएको उल्लेख गर्दै उहाँले शिक्षा प्राप्तिमा कोही पनि पछि पर्न नहुने बताउनुभयो । साथै विद्यालयमा विद्यार्थी सङ्ख्या वर्षेनी घट्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै यसका कारण पहिचान गरी समाधानका ल...
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३ माघः आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनको लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वअनुमान चालु आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति छ । उक्त समितिलाई सहयोग गर्ने गरी अर्को प्र...

बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत

खानेपानी, बिजनेस, विचित्र संसार, समाचार
काठमाडौँ, १ माघः चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा रु छ खर्ब ९० अर्ब २१ करोड ५४ लाख बराबर खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ३५ दशमलव १४ प्रतिशत हुन आउँछ । यो अवधिको चालुगत शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ४१ दशमलव २५ प्रतिशत छ । चालु शीर्षकमा रु ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकोमा हालसम्म रु चार खर्ब ८७ अर्ब १४ करोड ३१ लाख खर्च भएको छ । पुँजीगत शीर्षकको बजेट खर्च १२ दशमलव १२ प्रतिशतमा खुम्चिएको छ । चालु आवका लागि रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख बराबरको विकास बजेट ल्याइएकोमा ...

पत्रकार महासंघ काठमाडौंद्धारा पूर्वसभापति दाहालप्रति श्रद्धाञ्जली

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, साहित्य
  काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व सभापति होमनाथ दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य तथा शाखाका सल्लाहकार पुर्ब अध्यक्ष सुर्य सुबेदी महासंघ काठमाडौं शाखा अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष कमल राना, सहसचिव विक्रम रत्न र सदस्य चेतनारायण बेलवासे लगायत शाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । पुर्ब मन्त्री समेत रहनु भएका दाहालको गत पौष २५ गते निधन भएको थियो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सोमबार कार्यक्रमको आयोजना गर्दै स्व दाहाल प्रती श्रद्धाञ्जली व्यक्त गरेको हो ।पत्रकार महासंघ काठमाडौं शाखाले स्व. दाहालको निधनले नेपाली पत्रकारिता क्षेत्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनले एक अनुभवी र अभिभावकीय व्यक्तित्व गुमाएको जनाएको छ ।कार्यक्रम के...
प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ पुसः नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्रनिर्माताको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी उहाँप्रति सम्मान व्यक्त गर्नुभएको हो । त्यस अवसरमा सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । पूर्व प्रधानसेनापति, रथीवृन्द र सकल दर्जाले पनि त्यस अवसरमा सालिकमा माल्यर्पण गरी सलामी अर्पण गर्नुभएको थियो । त्यसअघि ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा त्यहाँ आयोजित विशेष समारोहस्थल पुगेर समापन भएको थियो । पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरान...

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो: महामन्त्री थापा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २७ पुस: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताउनुभएको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा कांग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपाबेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।” पार्टीभित्रको सत्ता सङ्घर्षको कारणले हालको अवस्था सृजना भएको जस्तो देखिए पनि यो विचार र मान्यता...