आगामी फागुन २१ गते हुने आम निर्वाचनका सन्दर्भमा सिन्धुपाल्चोक क्षेत्र न. २ बाट नेपाली काङ्रेसका तर्फबाट उम्मेदवार बङ्सलाल तामाङ्गले मत माग्दै घरदैलो गर्ने क्रममा तामाङद्वारा चौतारासाँगाचोकगढी नगरपालिकाको ११,१२,१३र १४मा मतदाताहरु सँग भेटघाट तथा परिचायत्मक कार्यक्रम गर्नु भएको छ । यसै सिलसिलामा चौतारा साङ्गाचोकगढि नगरपालिका अन्तर्गतको वडा न. १४ को डडुवा, रानिटार, असिने, झ्याडी नमुना माझी बस्ती लगाएतका टोलबस्तिहरुमा घरदैलो तथा उम्मेद्वार र मतदाता साक्षात्कार कार्यक्रम सम्पन्न भयो।
घरदैलोको क्रममा झ्याडि नमुना माझी बस्तिका ३५ जनाभन्दा बढीको संख्यामा नेपाली काङ्ग्रेसमा प्रवेश गर्नुभयो। नव प्रवेशिलाइ काङ्ग्रेस उम्मेद्वार बङ्सलाल तामाङ्ग, केन्द्रिय सदस्य शिव सुनुवार एवं सिन्धुपाल्चोक काङ्ग्रेसका पुराना नेता राजेन्द्रमान ताल्चाभडेल , भुपेन्द्र बहादुर थापा लगाएतले खादा, माला सहित सदस्यता पत्र प्रदान गर्नुभयो। नवप्रवेसी हरुले माझी बस्तिको स्थानिय समस्या, बाझो जमिनलाइ उर्वर बनाउन सिचाइको व्यवस्था भुकम्प पछि बनेको भुकम्प प्रतिरोधी आवस र यो सङै जोडिएको बैक ऋण बाट आफुहरुलाइ परेको समस्या समधानका बारेमा माग गर्दा सुनुवाइ नभएकोमा गुनासो गर्दै श्याम कुमार माझी, रन्जीता माझी, हिरामान माझी लगाएतले सहजीकरण गर्नु भएको थियो । यसैगरी घर दैलो कै दौरानमा डडुवा गाउँ बाट रानिटार हुँदै असिने गएर कोणसभामा परिणत भएको थियो।
असिनेको तामाङ बस्तिमा स्थानिय गाउबासि तथा युवा, महिला, बृद्धबृद्धाको उपस्थितिका बिचमा स्थानीय एक ९२ वर्षीया बृद्धा आमाले उम्मेदवारलाई आशिर्वाद दिनु भएको थियो । सो अबशरमा नेपाली काँग्रेसबाट बाहीरिनु भएका सिर बहादुर तामाङले डडुवाको खानेपानीका लागी तत्कालीन पाटी सचिब कृष्ण प्रसाद न्यौपानेको पहलमा खानेपानीको बजेट परेको हरेक बिकासमा काँग्रेसले नै सहयोग गरेका कारण र अहीले बंसलालातामाङको उमेदवारी रहेको र अब काग्रेसको बिकल्प समेत नभएको हुँदा आफुले बंशलाललाइ अत्याधिक बहुमतले बिजय गराउँन पहल गर्ने बताउँनु भयो । नेपाली काँग्रेसका नेताहरु भरत खड्का, भुपेन्द्र बहादुर थापा, बिल बहादुर तामाङ, टङ्क कार्कीलगाएतले नेपाली काँग्रेसलाइ जिताउँन आग्रह गर्नु भयो । सबैको कुरा सुने पछी उमेदवार बंसलाल तामाङले स्थानीय नागरिकको समस्या समधान गर्नु नेताको पहीलो जिम्मेवारी हुने भएकाले उक्त जिम्मेवारी पुरा गर्न आफु सँधै नागरिकको साथमा रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
नेपाली काँग्रेसका नगर सहसचिब तथा इकाइ उपसभापती इन्द्र बहादुर बस्नेतको सभापतीत्वमा भएको कार्यक्रममा उपस्थित सयौ तामाङबासीहरुले एक स्वरमा यसपटक बंसलाल तामाङलाइ जिताउँने प्रतिबद्धता ब्यक्त गरेको नेपाली काँग्रेस वडा निर्बाचन व्यवस्थापन समितीका संयोजक चतुर बहादुर तामाङले जानकारी दिनु भयो ।
