सिन्धुपाल्चोक जिल्लाको निर्बाचन क्षेत्र नं २ का नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज दुलालले आफ्नो निर्बाचन प्रचार प्रसारको क्रममा बृहत र्याली सहीत चौतारा पुग्नु भएको छ । पाँचपोखरीबाट शुरु गरिएको प्रसार प्रचारका क्रममा शनीबार बन्देउ देखी नगरपपालिकाका कार्यकर्ता सहीतका र्याली वडा नं ११,१२,८हँुदै चौतारा पुगेको हो ।‘विकासको बाकस’ भन्ने सन्देश सहित मतदातामाझ पुग्नु भएका द्लालले “विकासको बाकस” कुनै नारामात्र नभई विगतमा सुरु गरिएका योजना, सम्पन्न गरिएका आयोजना र आगामी स्पष्ट कार्ययोजनाको प्रतीक हो—जहाँ सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी सिर्जनाका प्रतिबद्धता सहीत आफु यँहाहरु समक्ष आएको बताउँनु भयो ।घरदैलो अभियानकै क्रममा वडा नं १ स्याउलेमा एमालेका नगर समिति सदस्य दीपु तामाङ लगाएतका ब्यक्तीहरु नेकपामा प्रबेश गरेका बताइएको छ । सो अबशरमा अभियानका क्रममा उम्मेदवार दुलालले,“विकासको बाकस भनेको मेरो व्यक्तिगत वाचा होइन, यो जनताको चाहना र आवश्यकताको संकलन हो भन्नु हुँदै आफुले सुरु गरेका कामहरूलाई निरन्तरता दिन र नयाँ योजनाहरू अघि बढाउन तपाईँहरूको विश्वास आवश्यक छ भन्नु भयो ।
युवालाई स्वरोजगार र उद्यमशीलतामा प्रवद्र्धन गर्ने विशेष कार्यक्रम ल्याउने ,वैदेशिक रोजगारीलाई मात्र विकल्प मान्ने प्रवृत्तिमा परिवर्तन ल्याउँदै स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोगमार्फत रोजगारी सिर्जना गर्ने उनको योजना छ। “युवालाई अवसर दिन सके गाउँमै सम्भावना छ,” भन्दै दुलालले , “सीप, लगानी र बजारलाई जोड्ने स्पष्ट योजना आवश्यक भएको बताउँनु भयो । उहाँले अघि सारेको “विकासको बाकस” अवधारणालाई यसपटक थप परिमार्जित र विस्तारित ढाँचामा कार्यान्वयन गर्ने बताउँदै दीर्घकालीन योजना, पारदर्शी बजेट व्यवस्थापन र नियमित अनुगमनमार्फत परिणाममुखी विकास सुनिश्चित गरिने उनको दाबी छ। प्रदेश तहमा जिम्मेवारी सम्हालिसकेको अनुभवलाई संघीय स्तरमा उपयोग गर्दै क्षेत्र नम्बर २ लाई नमूना विकास क्षेत्र बनाउने लक्ष्य रहेको बताउँनु भयो ।उँहाले राजनीति भाषण र आरोपमा सीमित हुनु नहुने बताउदै परिणाम देखिने काम नै असली राजनीति भएको बताउँनु आफु बागमती प्रदेसमा हुँदा धेरै काम हरु गरेको र अब सिन्धुपाल्चोक २ नै क्षेत्रको बकिासर यँहाको आबश्यकता लाइ पुर्ण रुपले सम्बोधन गर्नका लागी सघमा प्रतिनिधत्वि हुन जरुरी भएकाले मैले यँहाहरुकै सल्लाह अनुसार उमेदवार बनेकोले उक्त स्थानमा लान यँहाहरुकै मतको आबश्यक परेकोले मलाइ तारा चिन्हमा मत दिएर बिजय गराउँन अनुरोध गर्दछु भन्नु भयो ।
