जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक द्वारा मदिरा बिक्री वितरणमा रोक लगाउँदै होली खेल्ने नाममा भिड जम्मा हुने सडकमा होली खेल्ने काममा रोक लगाएको छ ।
साहयक प्रमुख जिल्लाअधिकारी तथा सुचना अधिकारी स्ुदर्शन श्रेष्ठद्धारा छुटाछुटै सुचना जारी गर्दे यस्तो जानकारी गराउँनु भएको हो । जिल्ला प्रशासन कार्यालय ले जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ भने होली खेल्न समेत निश्चीत क्षेत्र तोकेको छ ।
आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाउँदै होली खेल्न पनी घरघरमा परिबार सँग खेल्न पाइने तर बिगतको जस्तो सडकमा सभा स्थलमा लालाहान्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनु भयो ।आसन्न निर्वाचनलाई शान्त र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । प्रशासनको यो कार्यलाई अवज्ञा गरी मदिरा बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजीम कारबाही गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जनाउँनु भएको छ । जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला तथा सर्वसाधारणलाई सूचनाको पालना गर्न आग्रह गरेको छ ।
