कुनै पनि राष्ट्रको सुरक्षा संयन्त्रको अवस्था मापन गर्ने आधारभूत तत्व भनेको त्यस देशको प्रहरीसँग भएको क्षमता, साधन–स्रोत र मनोबल हो। जब राज्यका सुरक्षा निकाय कमजोर हुन्छन्, तब राज्य स्वयं कमजोर बन्छ। नेपालमा भदौ २३ र २४ गते घटेको “Gen Z विद्रोह” ले यही प्रश्न उठायो। यो घटनाका दुई स्पष्ट पाटा थिए— पहिलो, मध्यम वर्गका युवाहरू वर्तमान राज्य व्यवस्था र यसको कार्यशैलीप्रति गहिरो असन्तुष्ट थिए। त्यो असन्तुष्टि सडकमा देखियो। दोस्रो, सोही असन्तुष्टिलाई देशभित्रका अहंकार बोकेका तत्व र देशबाहिरका स्वार्थ समूहहरूले अपहरण गरे। परिणामतः शान्तिपूर्ण आवाज उग्र मोडमा पुग्यो र हाम्रा कलिला भविष्य बोकेका नानीबाबुहरूले ज्यान गुमाउनुपर्यो—जुन अत्यन्तै दुःखद र खेदजनक छ। हो, २३ र २४ गतेको घटनाको प्रमुख जिम्मेवार वर्तमान राज्य व्यवस्था नै हो। तर के सबै दोष राज्य र प्रहरीलाई मात्र थोपरेर हामी पन्छिन सक्छौँ? यहाँ प्रश्न उठ्छ—किन BBC ले बनाएको भिडियोमा केवल प्रहरी र प्रशासनलाई मात्र लक्ष्य बनाइयो? के यसो गरेर राज्य संयन्त्र, प्रशासन र प्रहरीलाई कमजोर पार्दै नेपालमा विदेशी प्रभाव जमाउन चाहने शक्तिहरूको सेवा गर्न खोजिएको हो ? आउनुहोस्, केही गम्भीर प्रश्न उठाऔँ— भिडिओमा आन्दोलनकारीमाथि गोली चलेको दृश्य देखाइयो, जसले हाम्रो भावनालाई झट्का दिन्छ। तर ‘ToB’ लेखिएको ज्याकेटमा आएका व्यक्तिहरूले प्रहरीमाथि गरेको आक्रमण र रगताम्य प्रहरीका दृश्य किन देखाइएन? कर्फ्यु आदेश जारी भइसकेपछि प्रहरी अधिकारीहरूले हात जोडेर घर फर्किन गरेको आग्रह किन समेटिएन? सामाजिक सञ्जालमा आन्दोलन उक्साउने अभिव्यक्ति दिने व्यक्तिहरू किन छुटाइए? पानी बाँड्ने बहानामा विभिन्न स्थानमा आन्दोलन ‘हाइज्याक’ गर्न पुगेका समूहहरू किन ओझेलमा परे? विद्यालय बिदा दिएर, विद्यालय पोसाकमै विद्यार्थीलाई आन्दोलनमा पठाउने विद्यालय र जनप्रतिनिधिको भूमिकाबारे किन चर्चा भएन? Gen Z भन्दा फरक समूहले माइतीघरबाट शान्तिपूर्ण आन्दोलनलाई अपहरण गरी संसद भवनतर्फ मोड्दै, विभिन्न हतियार प्रयोग गरी संरचना तोडफोड गरेको दृश्य किन देखाइएन? सबै कुरा भइसकेपछि, चुनावभन्दा ठीक एक हप्ता अगाडि मात्र यस्तो एकतर्फी भावनात्मक भिडियो सार्वजनिक गर्नुको उद्देश्य के होला ?
के यो पुराना दलहरूले बाह्य शक्तिको राम्रो चाकरी गर्न नसकेपछी नयाँ “दलाल” ( राम्रो चाकरीगर्न सक्ने ) खोज्ने रणनीति त होइन? के यसले नेपालको सुरक्षा संयन्त्रलाई कमजोर पार्ने नियत राख्दैन ? के हामीलाई सधैँ विभाजन र द्वन्द्वतर्फ धकेल्न खोजिएको होइन होला ? यो दलाल संसदीय व्यवस्थाले राम्रो मान्छेलाई नराम्रो बनाउँछ, नैतिकलाई भ्रष्ट बनाउँछ, इमानदारलाई बेइमान बनाउँछ, अन्ततः सबैलाई दलालीकरणको जालमा फसाउँछ। त्यसैले अब आवश्यक छ—नयाँ व्यवस्थामाथि गम्भीर बहस। त्यस्तो व्यवस्था, जसलाई नेपाली जनताबाहेक कसैले प्रभावमा पार्न नसकोस्। त्यस्तो व्यवस्था, जहाँ सुरक्षा संयन्त्र बलियो होस् तर जनउत्तरदायी पनि होस्। त्यस्तो व्यवस्था, जहाँ असन्तुष्टि सुन्ने कान होस्, दमन गर्ने हात मात्र होइन। अब समय आएको छ—भावनामा होइन, तथ्यमा आधारित बहस गर्ने। राष्ट्र बलियो बनाउन विभाजन होइन, विवेक चाहिन्छ। धन्यवाद।लेखक ज्ञानेन्द्र बडुवाल हाल बनदेबी पोली क्लिनीक चौतारानमा कार्यरत हुनुहुन्छ