सम्पर्क

काँग्रेसको चुनाबी प्रचार चौतारा बजारबासी द्धारा बंसलाललाइ स्वागत कागे्रस प्रबेसको लहर

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र नं २का उमेदवार बंसलाल तामाङलाइ जताततै स्वागत गरेको समाचार प्राप्त भएको छ । यसै सन्धर्भमा आइतबार मात्रै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ ५ ६,७,८मा बाजागाजा सहीत स्वागत गरीएको छ । चौतारा साँगाचोकगढी नगरपालिका चौतारमा नेपाली काँग्रेसको घर दैलो अभियानमा बजार बासीले ठाँउ ठाँउमा घडा थापेर स्वागत गरेका थिए । मतदाता सँग मत माग्ने क्रममा तामाङलाइ स्थानीयले अग्रिम बधाइ दिदै यस पटक बंसलालाइ मत दिएर अत्याधिक बहुमतले जिताउँने मतदाताहरुको भनाइ रहेकोले आफु खुशी भएको र आफु निर्बाचित भए पछी हरेक समय नागरिकको साथमा रहने उमेदवार तामाङले बताउँनु भएको छ । शनीबार मात्रै नेकपाको गढ मानीने एकीकृत नमुना माझी बस्तीका तिन खदर्जन माझी युवायुवती नेपाली काँगै्समा प्रबेश गरेको र असिने तामाङ बस्ती एक भएर बंसलाललाइ जिताउँने प्रतिबद्धता जनाएकोमा खुशी भएका तामाङलाइ आइतबार नेकपाएमालेको गढ मानीने पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ भोताङको यार्सा र कुन्दीटोलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १६ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। यसरी पार्टी प्रवेश गर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ का वडा कार्यसमिति अध्यक्ष एवं वडा अध्यक्ष प्रत्याशी बक्सिङ तामाङ, नेकपा परित्याग गरी सागर तामाङ र पेम्बा सिंगी तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी फुर्पा तामाङ, साइला तामाङ, शेरबहादुर तामाङ, तोकले तामाङ, सिङग लामा र बोबि लामा रहनु भएको छ ।त्यस्तै नेकपा (एमाले) परित्याग गरी ङीमा सिंगी तामाङ र दल बहादुर वाइबा कांग्रेसमा प्रवेश गरेका छन्। साथै स्वतन्त्र व्यक्तिहरू लनम सिंगी वाइबा, पलमान तामाङ, रबि तामाङ, मानबिर तामाङ र सुरेस तामाङनेपाली कांग्रेसमा प्रबेस गर्नु भएको छ ।नवप्रवेशीहरूलाइ नेपाली काँग्रेसका युवा नेता बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ (समीर) ले खादा लगाई स्वागत गर्दै नेपाली कांग्रेस जस्तो गौरवमय लोकतान्त्रिक संगठनमा स्वागत गर्नुभएको थियो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। यसै गरी मेलम्ची नगरपालिका १३ फटकशिला बाट १३ जना यसै विशेष अवसरमा, लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि नेपाली कांग्रेसको नीति, निष्ठा र सिद्धान्तप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेस गरेको दिनेस भण्डारीले जानकारी दिनु भयो ।