सम्पर्क

साहित्य

बाह्रबिसेमा ३०गते आरजु राणा देउवा आउँने

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाको प्रमुख अतिथ्यतामा महिलाहरूको हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रमको हुने भएको छ । बाह्र्रबिसे नगरपालिकाले हरितालिका तिजको अवसरमा भदौ ३० गते शनिवार बिहान ११ बजे बाह्रबिसे नगरपालिकाको कभर्डहल, खुर्सानीबारीमा तिज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागीएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो ।उँहाले बिशेष गरी महीलाहरुको बिशेष चाड तिज पर्बको अबशरमा गरिन लागेको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा , विशेष अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेसका वन तथा वातावरण मन्त्री मसिना खडका लगायत राष्ट्रिय कलाकारहरूको आथित्यता रहनेछ । नगरपालिकालेसांस्कृतिक कार्यक्रममा सम्पूर्ण महिला ...

तिजको अवशरमा सञ्जालको चौतारामा दोहरी

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगर महीला सञ्जालले तिज बिशेष कार्यक्रम गरेको छ । नगर प्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा,सभासद तथा महिला नेतृृ गंगा पराजुली र उप प्रमुख सीता थापाको विशेष आतिथ्यतामा सहिद स्मृति भवनमा नगरपालिकाका १४ वटै वडाहरुको महीलाहरुको उपस्थिती रहेको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र नगर स्तरीय महिला सञ्जालको आयोजनामा भएको तीज विशेष कार्यक्रमको अवसरमा खुल्ला महिला दोहोरी गीत तथा दर खाने कार्यक्रम भएको थियो । कार्यक्रममा आफ्रनो भनाइ राख्दै प्रमुख अतिथी नगर प्रमुख सापकोटाले परम्परा देखी चल्दै आएको रिती रिवाज र धर्मको सरक्षण गर्दै नगर महीला सञ्जालले दोहरी गितको कार्यक्रम राखेर मनोरन्जात्मक काम गरेकोमा खुशी ब्यक्त गर्दे मनोरन्जन पनी स्वास्थ रहने मुख्य आधार भएकाले मानीस स्वास्थ रहन पनी यस्ता कार्यक्रमको महत्व रहेको बताउँनु भयो । महिलाहरूल...

तामाङ कलाकार संघमा विशाल

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य
नेपाल तामाङ कलाकार संघको१६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशन भएको छ अधिबेशनबाट बाट चर्चित गायक तथा संगीतकार बिशाल काल्तान अध्यक्ष मा निर्बाचित हुनु भएको छ भने बरिष्ट उपाध्यक्ष रोशन फ्युबा तामाङ ,उपाध्यक्ष सुभाष मोक्तान ,महासचीब खेम मोक्तान,सचीब निर्मला घिसिङ, कोषाध्यक्ष योगेश लामा रसदस्यहरुमा बुद्ध लामा, जितु लोप्चन ,रेश्मा बम्जन, आस्मान लोप्चन ,जीबन बम्जन ,बैरागी मोक्तान लक्ष्मी स्याङतान्,अञ्जु थोकर, मिन योञ्जन,बसन्ती लामा,अनिता गोले,सुमिना लो, मिलन थिङ पराङ,प्रदिप लामा , स्मारिका थिङ तामाङ,रहनु भएकोछ । शनीबार जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न १६ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट काल्तानको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वीरोध भएको हो।  ...

एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक, २० भदौ : पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । उहाँले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो । संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उहाँको भनाइ छ । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताउनुभयो । यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधैँ लागिर...

श्रीकृष्ण जन्मोत्सव

साहित्य
घनश्याम नेपाल (शीतल ) हे नारायण कृष्ण यो जगतमा होला कसोरी भलो दश् औँला गरिबिन्ति गर्छु प्रभु हे मै पाउँमा पर्छु हे । यो संसार वडो अचम्म सँगले घुम्दै र फिर्दै यहाँ आँखा लाउँछ चार बेदहरूमा श्री कृष्ण खोज्दै यहाँ । मेरो मन्दिरको छ देश हँसिलो यस्तै कहाँ पाउँछु सारा खोजि गरेँ न पाउँछु कतै पाईन मैले अरु । ब्रम्मा बिष्णु वडा महेश्वर झनै पुज्दै गरेको छु हो ब्याख्या के गरुँ आज यो बखतमा मेरो यि श्रीकृष्ण को । मेरो उच्च हिमालको सगरमाथालाइ संम्मानमा मान् पद्वी अति नै छ उच्च तहमा यो बिश्व ब्रम्माण्डमा । संसारै भरिमा छ औधि यसको चर्चा वडो चाखको यस्ता पर्वतमा सदा शिवजिको आश्रम् महादेवको । मेरो राष्ट्र हिमालको धनि छ हो श्रीपार्वती बस्दछिन् मेरो राष्ट्र दयालु भाव छ झनै मेरो पहाड् हाँस्दछिन् । आत्मा चिन्नु र जान्नु यो जगतमा बस्नेहरूले सदा अर्काको कुभलो चिताउँन पनी सोच्नै नआवोस् सदा। ...

ओमकार परिबारको बिरोध कार्यक्रम

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य
  गौ हत्या विरुद्ध ओमकार परिबारले बिरोध कार्यक्रम गरेको छ । सम्बीधान बिपरित काम गरेर गाइ काटेर खाएको भिडीयो सामाजिक सञ्जालमा राखे पछी ओमकार परिबारहरुले कार्बहीको माग गर्दै आएका छन । यसरी समाजिक सञ्जालमा नै भिडीयो हालेर देशमा धार्मीक युद्ध गराउँन खोज्नेलाइ कार्बही गरिनु पर्छ भन्दै ओमकार परिबाले गरेको आन्दोलनलाइ लक्षीत गरेर धरानमा निषेधाज्ञा समेत जारी गरिएको अबस्थामा शनीबार धरान जना लागेका हजारौ ओमकार परिबारहरुलाइ बाटैमा प्रहरीले रोके पछी ठाँउ ठाँउमा बिरोध सभा गरिउको आयोजक हरुले बताएका छन । पुष्प राज पुरुष ले धर्म आस्था हो राजनीति विश्वास हो।आस्थाको अगाडि विश्वासको केही लागेन जति रोके पनि जति छेके पनि गौ हत्यारा विरुद्ध राम्रो उपस्थितीमा सुनसरीमा कार्यक्रम भयो भन्नु हूँदै सुनसरीमा निषेधाज्ञाको बाबजूद सनातन धर्म संस्कृति संगठनका लागी बुहत सभा भएको छ । अध्यक्ष पुष्प राज पुरुष लगायत बिभ...

नाग पंञ्चमी ।

मनोरन्जन, साहित्य
हाम्रो वडा संस्कृतिको जगेर्ना छ गर्नु पर्ने इतिहाँस हेर्ने। बुझ्दै गएँ नाग र पंञ्चमीको रहेछ धेरै शिव आहुषण् त्यो । श्री बिष्णु शैया शिवलिङ्गसँगै जो बासुकी नाग म देख्छु संगै । श्री आस्तिकास्ए प्रभु नाग राजा र गाइको गोवर माथमा छ । दुवो दही त्यो दुधले नुहाइ गर्दै पुजा घर् घरमा रमाइ । देखेर यो दृश्य बुझेर जानेँ यो राष्ट्रको शान रहेछ मानेँ । घनश्याम नेपाल (शीतल) चौतारा साँगाचोकगढी ४ ढुंगेकुवा...

देश छाड्ने लहर

विचार, साहित्य
अशोक "एपी दर्पण" उहिले हजुरबाहरु मुग्लान पस्थे रोजगारीका निमित्त भारत जान्थे अलि पछि हजुरबाका छोराहरु बा हरु खाडी तिर जान थाले बा हरु खाडी मै छन् अहिले छोराछोरीहरु युरोप अमेरिका अस्ट्रेलिया जाँदैछ्न् उहिले हजुरबाहरु गएका थिए अलिपछि बा हरु गए अहिले छोराछोरी जाँदैछन् जाने गन्तव्य फरक भएको छ जाने बाटो अलि फरक छ देश त हजुरबाले पनि छाडेका थिए बा ले पनि छाडेका थिए अहिले छोराछोरीले छाड्दैछन् । हजुरबा हरु सन्तान भेट्न कोसेली बोकेर घरमा आउँथे अहिले छोराछोरीहरु उतै रमाउँछ्न आफ्ना बा आमालाई भेट्न घुम्न उतै बोलाउँछ्न । हजुरबाहरुको पालामा हुलाकीले खामबन्दी पत्र ल्याउँथे बाहरुको पालामा शहर बजारमा टेलीफोन आयो अहिले छोराछोरीको पालामा सबैका हातहातमा मोबाइल छ । हजुरबा ले एक महिना अघि मलाई सन्चै छ भनेर लेखेको चिठी पढ्दा सबै खुशी हुन्थे बा ले महिना दिनमा पल्लो गाउँको स...

विचार: साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य
काठमाडौँ, १० साउन (रासस); विश्व समुदाय प्रविधिमैत्री मात्रै छैन, प्रविधि नियन्त्रित पनि बन्दै गएको छ । यस्तो अवस्थामा साइबर सुरक्षाको महत्व झनै बढेर गएको छ । साइबर सुरक्षा यति पेचिलो विषय बन्दैछ कि आगामी दिनमा भौतिक आक्रमणका घटनाभन्दा बढी साइबर अपराधका घटना बढी हुनेछ । अबको दुनियाँमा आमनागरिक, प्रशासनिक संरचना र राजनीतिक नेतृत्वलाई डिजिटल साक्षर नबनाई सूचना प्रविधिको विकास र विस्तार हुनै सक्दैन । डिजिटल साक्षरताको क्षेत्र आफैँमा व्यापक छ । युरोपेली सङ्घले कुनै पनि व्यक्ति डिजिटल साक्षर हुन उसमा २१ वटा फरक फरक क्षमता हुनु पर्छ भनेको छ । यस्ता २१ वटा क्षमतालाई ५ वटा समूहमा छुट्टयाइएको छ । यीमध्येको एउटा समूह हो, डिजिटल सुरक्षा । डिजिटल सुरक्षालाई साइबर सुरक्षा भनेर पनि बुझिन्छ । इन्टरनेट वा डिजिटल प्रविधिको प्रयोगमा धेरै सुरक्षा चुनौती छन् । राजनीतिक, सामाजिक र आर्थिक संरचनाका सबै तहमा साइबर...

शब्द सारथिमा कविताद्वारा भानुको सम्झना

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, साहित्य
  चौतारा । २९, असार सिन्धुपाल्चोकको चौतारामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको शब्द सारथिको सुन्ने सुनाउने शृङ्खलामा यसपटक आदिकवि भानुभक्त आचार्यलाई सम्झना गरिएको छ । नियमित साहित्य सिर्जना सुन्ने सुनाउने साप्ताहिक शृङ्खला सञ्चालन गर्दै आएको शब्द सारथिले आचार्यको २१०औँ जन्मजयन्ती अवसरमा ‘१ सय ४७औं भानु विशेष शृङ्खला’ सञ्चालन गरेको हो । चौताराको शहीदचोक स्थित कञ्चन स्मृतिग्राम पुस्तकालय सञ्चालन गरिएको शृङ्खलामा स्रष्टाहरुले आदिकवि भानुभक्तलाई समर्पित गर्दै कविता वाचन गरेका थिए । ‘नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ’, शृङ्खला सञ्चालनको सुभारम्भ गर्दै शब्द सारथिका सचिव सुन्दर शिरीषले भने– ‘भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उ...