हाम्रो वडा संस्कृतिको जगेर्ना
छ गर्नु पर्ने इतिहाँस हेर्ने।
बुझ्दै गएँ नाग र पंञ्चमीको
रहेछ धेरै शिव आहुषण् त्यो ।
श्री बिष्णु शैया शिवलिङ्गसँगै
जो बासुकी नाग म देख्छु संगै ।
श्री आस्तिकास्ए प्रभु नाग राजा
र गाइको गोवर माथमा छ ।
दुवो दही त्यो दुधले नुहाइ
गर्दै पुजा घर् घरमा रमाइ ।
देखेर यो दृश्य बुझेर जानेँ
यो राष्ट्रको शान रहेछ मानेँ ।
घनश्याम नेपाल (शीतल)
चौतारा साँगाचोकगढी ४ ढुंगेकुवा
