सम्पर्क

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षमा दिपेन्द्र थापा

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अधिबेशन ६गते चौतारामा हुँदै छ । अधिबेशनबाट निर्बाचीत हुन पर्ने अध्यक्ष सहीत बरिष्ट उपाध्यक्ष,उपाध्यक्ष, कोषध्याक्ष महासचिब लगाएतका पदहरुमा सर्ब सहमत गर्ने ब्यवसायीहरु ीबच सहमती भएको छ । सहमती अनुसार अध्यक्ष र सहकोषाध्यक्ष राप्रपा निकटको ब्यवसायीले पाउँनु भएको छ । महासचिव र सहसचिव एमाले निकट ब्यवसायीले पाउँनु भएको छ । त्यस्तै काँग्रेसले प्रथम उपाध्यक्ष, कोषाध्यक्ष पाएको छ भने माओवादी केन्द्रले द्वितीय र तृतीय उपाध्यक्ष पाएको जनाइएको छ । यस हिसाबले अध्यक्षमा राप्रपाका दिपेन्द्र थापा र बरिष्ठ उपाध्यक्षमा नेपाली काँग्रेसका सगुन श्रेष्ठको पद निश्चीत भएको छ ।नेकपा एमाले निकट व्यवसायी मध्य बाट जयचन्द्रलामा महासचिब,शिब श्रेष्ठ सचिब रहने प्राय निश्चीत भएको छ । उता नेकपा माओबादीको भागमा परेको प्रथम, र द्धितीय उपाध्यक्षका साथै नेपाली काँग्रेसको भागमा परेको बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष मध्य कोषध्यक्षको टुङ्गो लागेको छैन । दलीय भागबण्डामा अधिकांश व्यवसायीहरु सहमतिको विन्दुमा आएपछि निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको अध्यक्षसहित पदाधिकारी छनौट भएको हो ।अध्यक्षसहितको पदाधिकारीमा भागबण्डा लगाएर सहमति गरेपनि सदस्यहरुमा भने टुँगो लगाउन सकिएको छैन । सदस्यका आकांक्षी आवश्यकताभन्दा बढी भएका कारण सदस्य बागबण्डामा सहमती हुन नसकेको हो । आगामी बुधबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको प्रमुख आतिथ्यमा संघको सातौं जिल्ला अधिवेशन एवम् १६ औं साधारणसभा हुने छ ।