सम्पर्क

अनेमसंघ (क्रान्तिकारी)को जिल्ला भेला असोज १२ गते

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सिन्धुपाल्चोकले आगामी असोज १२ गते शुक्रबार जिल्ला भेला गर्ने भएको छ । आईतबार चौतारामा सम्पन्न जिल्ला सचिवालयस्तरको बैठकले उक्त निर्णय गरेको हो । संघको जिल्ला सचिव तारा रानाको अनुसार भेला चौतारा साँगाचोकगढी नगरपालिका सुकुटेमा हुने भएको छ । बैठक बागमती प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य साथै संघको केन्द्रिय सचिवालय सदस्य अमृता नेपाल (प्रभा)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । जिल्ला अध्यक्ष अम्बिका नेपाल(भूमिका)को अध्यक्षतामा बसेको बैठकलाइ सम्बोधन गर्र्देै प्रमुख अतिथी नेपालले महिलाहरुले जनयुद्धमा जस्तै भूमिका निर्वाह गरि प्राप्त अधिकार र उपलब्धीको रक्षाको निमित्त लागि पर्न आह्वान गर्नु भयो । “हामी निती निर्माणको स्थानमा छौँ तपाईहरु त्यसको कार्यन्वयन गर्ने स्थानमा हुनुहुन्छ” त्यसैले जस अवजस तपाईहरुकै हातमा छ भन्दै नेपालले जस्तो सुकै परिस्थतीमा पनी महिलाहरु एक भएर प्राप्त अधिकारको सक्षरण गर्न लागी पर्नु पर्ने बताउानु भयो । जिल्ला सचिवालय स्तरको अगुवा महिला नेतृहरुको उपस्थितीमा सम्पन्न उक्त बैठकमा पार्टीको बागमती प्रदेश समिति सदस्य तथा जनबर्गीय सङ्गठन सिन्धुपाल्चोक फ्याक्शन इन्चार्ज जानुका पराजुली (भावना) को बिशेष अतिथ्यतामा र नेकपा माओबादी केन्द्र बागमती प्रदेश समिति सदस्य श्यामसुन्दर श्रेष्ठ (बिबेक), र पार्टी बागमती प्रदेश समिति सदस्य एवं संघको केन्द्रिय सदस्य सुमित्रा बस्नेत(सुजिना), को समेत उपस्थिती रहेको थियो । नेकपा (माओवादी) केन्द्रले लिएको ३ महिने जनतासंग माओबादी रुपाञ्तरण अभियानलाई पकड्दै संघले भाद्र मशान्तसम्ममा गाउँपालिका, नगरपालिका र वडासम्मको भेला बैठक र सम्मेलनहरु सम्पन्न गर्ने, सदस्यता नविकरण र वितरण गर्ने निर्णय भएको संघको जिल्ला सचिव तारा रानाले जानकारी दिनु भयो ।बैठकमा उपस्थित नेतृत्वगणले संघको सांगनाठीक र राजनीतिक सक्रियताको लागि सम्पूर्ण रुपले एकताबद्ध भएर लागि पर्न शुभकामना प्रात्त भएको जिल्ला अध्यक्ष अम्बिका नेपाल(भूमिका) ले जानकारी दिनु भयो । उहँका अनुसार अन्य संघ संगठनभन्दा महिलाको संगठन बलियो हुनुपर्नेमा सबैको एक मत रहेको थियो । उहाँले पार्टीले ल्याएको नीती तथा कार्यक्रमलाई आम जनतासम्म पुर्याउन अनबरत लागि पर्ने अठोटका साथ अघि बढ्ने बताउँनु भयो । अध्यक्ष नेपालले संघलाई देशभरीकै नमुना र बलियो बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिने बताउँनुभएको सञ्चार कर्मी निर्मल बस्नेतले जानकारी दिनुभएको छ ।