सम्पर्क

बाह्रबिसेमा ३०गते आरजु राणा देउवा आउँने

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाको प्रमुख अतिथ्यतामा महिलाहरूको हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रमको हुने भएको छ । बाह्र्रबिसे नगरपालिकाले हरितालिका तिजको अवसरमा भदौ ३० गते शनिवार बिहान ११ बजे बाह्रबिसे नगरपालिकाको कभर्डहल, खुर्सानीबारीमा तिज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागीएको नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनु भयो ।उँहाले बिशेष गरी महीलाहरुको बिशेष चाड तिज पर्बको अबशरमा गरिन लागेको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा , विशेष अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेसका वन तथा वातावरण मन्त्री मसिना खडका लगायत राष्ट्रिय कलाकारहरूको आथित्यता रहनेछ । नगरपालिकालेसांस्कृतिक कार्यक्रममा सम्पूर्ण महिला दिदी, बहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन समेत सबैमा आग्रह गरेको छ ।