चौतारा नगरपालिका ः निशुल्क शिविरको प्रभावकारीता
सम्झना कार्की
विगत ३/४ वर्षदेखि ढाड दुख्ने,टाँउको काम्ने बेलाबेला जिउ दुखेर हैरान भएकी सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७ की ५५ वर्षिय पार्वती दंगाल नयाँ जनप्रतिनिधि आएपछी घर नजिकै उपचार पाउँदा खुशी लागेको सुनाउनुहुन्छ ।
“टाउँको काम्ने ,आशु आईरहने, जिउ पुरै दुख्ने समस्याको उपचार शिविरमा पुगेकी हुँ, उपचारका लागी काठमान्डौँ पुगिरहनु भन्दा घर नजिकै निशुल्क शिविर आयो ,उपचार पनि भयो । यहाँ आएर निशुल्क जाँच गर्न तथा औषधी पाउँदा खुशी लाग्यो,” उहाँ भन्नुहुन्छ ।
घरायसी काम र आर्थिक आभावका कारण अस्पतालमा नियमित उपचार गर्न जाना नपाएकी उहाँ गाँउकै शिविरमा उपचार पाएपछि खुशि हुनुहुन्छ ।
शिविरबाट स्वास्थ्य जाँचपछि चिकित्सकले दिएको औषधीले उहाँको स्वास्थ्यमा सुधार आएको उहाँले महशुस गर्नुभएको छ । काठमाण्डौ सम्म उपचारको लागि जाँदा लाग्ने खर्च बचतहुदाँ उहाँलाई थप सहज भएको उहाँले सुनाउनुभयो ...
