कुपकन्यामा ट्राफिक बिद्यार्थी सँग अन्तरक्रीया
सिन्धुपाल्चोक जिल्ला बलेफि गाँउपालिका वडा न ६ मांखा स्थित श्री कुपकन्या माध्यमिक बिद्यालयमा ट्राफिक चेतनामुलक कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकको प्रमुख उत्तम राज आचार्यको प्रमुख अतिथ्यतामा ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरिएको हो । सोमबार बलेफि गाँउपालिका वडा ६ वडा कार्यालयको आयोजनामा र जिल्ला ट्राफिक कार्यालयको सहयोगमा उक्त जनचेतना कार्यक्रम भएको हो। वडा नं ६का वडा अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन ससमितिका अध्यक्ष तेज बहादुर पराजुली को अध्यक्षता मा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु , बिद्यालयका शिक्षकहरू,बिद्यार्थी, अभिभावकहरू लाइ ट्राफिक नियम तथा दुर्घटनाबाट बच्नका लागी कसरी यात्रा गर्ने लगाएतका चेतना मुलक बिषयमा जानकारी गराइएको थियो ।समाजसेवी रूम प्रसाद तिमल्सिना,बिद्यालयका प्र.अ फुल बहादुर तामाङ , को उपस्थिति रहेको थियो।कार्यक्रममा ट्राफिक नियम सम्...
