सिन्धुपाल्चोकमा रहेका १२ वटा स्थानीय तह मध्ये बाह्रबिसे नगरपालिका लगायत त्रिपुरासुन्दरी गाउँपालिका, भोटेकोशी गाउँपालिका बलेफी गाउँपालिका, जुगल गाउँपालिका गरि ५ पालिकाले भुकम्प जाजरकोट भुकम्प पिडीतलाई सहयोग गर्ने घोषणा गरेका छन ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले १५ लाखको घोषणा गर्नु भएसँँगै त्रिपुरासुन्दरी गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले १० लाख, भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ्ग नुर्पु शेर्पाले १० लाख घोषणा गर्नु भएको थियो । त्यसपछी जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्वोलेगाँउपालिकाको तर्फबाट तिनलाख र आफ्नो ब्यक्तीगत रुपमा एक महीनाको पारिश्रमीक र अमेरिकामा रहेको उहाँकै छोरी कुसुम स्याङ्वोले ब्यक्तिगत ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भएको छ ।स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले १५ लाख रुपैया , भोटेकोशी गाउँपालिकाले १० लाख रुपैया र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख रुपैया गरि जम्मा ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगर पालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भुकम्प पिडीतलाई तत्काल राहत दिन र घाइतेलाई निःशुल्क उपचार गर्न निर्देशन दिदै पिडीत क्षेत्रमा जानका लागी पुर्ब अरनिको यातायात सेवा प्रा.लि मार्फत निःशुल्क बस सेवाको समेत ब्यवस्था गरिदिनु भएको उहाँका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिनुभयो ।सङ्कट पर्दा पहिलो काम भनेकै हर प्रकारबाट सहयोग गर्नु हो भन्दै नगर प्रमुख बस्नेतले स्वास्थ्य मन्त्री मोहन बस्नेतको सल्लाह र मानविय भावानाले सिन्धुपाल्चोकका ३ वटा पालिकाले ३५ लाख रुपैया सहयोग गर्ने निर्णय गरेको बताउँनु भयो ।उहाँले प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेकोे बताउँनु भयो । पिडाको अवस्थामा भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महसुस गराउन सिन्धुपाल्चोकका स्थानिय तहले भूकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्जज बोहोराले बताउँनु भयो । यसैगरी भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ्ग नुर्पु शेर्पाले स्वास्थ्य मन्त्री मोहन बस्नेतको सल्लाह र मानविय भावानाले सिन्धुपाल्चोकका भोटेकोशी गाँउपालिकाले १० लाख सहयोग गर्ने निर्णय गरेको बताउँनु भयो ।
सहयोग गर्ने यी तिनवटै स्थानिय निकायमा नेपाली काग्रेंसले बिजय हासिल गरेको पालिका हो । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख १ नं. क्षेत्रका क्षेत्रीय सभापती हुनुहुन्छ भने त्रिपुरासुन्दरी गाँउपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा जिल्ला पाटी सचिब हुनहुन्छ ।
यसैगरी बलेफी गाउँपालिकाले रु. ५ लाख सहयोग गर्ने पालिकाका अध्यक्ष गङ्गा बहादुर तामाङले जानकारी दिनुभयो । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ । यो समचार तैयार पार्दा सम्म केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२ः २९ बजे ४ दशमलव २, १२ः३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३ः४० बजे ४ दशमलव २ रेक्टरस्केलको
पराकम्प गएको छ ।उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएकाछन् ।
