तेक्वान्दो प्रतियोगितामा जाल्पा माबिका छात्रछात्रा प्रथम
चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुनकोशी गाउँपालिका–७ कोठे स्थित जाल्पा माध्यमिक बिद्यालयका छात्रछात्रा प्रथम भएका छन् । सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले २० स्वर्ण पदकका लागि जेठ ११ गते संचालन गरेको प्रतियोगितामा २० वटा पदक प्राप्त गरी उक्त बिद्यालयका बिद्यार्थी प्रथम भएका हुन् ।
एकेडेमीका अध्यक्ष समेत रहनु भएका राष्ट्रिय रेफ्री रोहिन्द्र बिक्रम खड्काका अनुसार ८ स्वर्ण, ९ रजत, ३ कास्य पदकसहित जाल्पा माबि प्रथम, ५ स्वर्ण, ६ रजत, २ कास्य पदकसहित सुकुटे तेक्वान्दो डोजाङ द्धितीय र २ स्वर्ण, १ कास्य पदकसहित गणेश माबि तृतीय हुन सफल भएको हो । पुरुष उत्कृष्ट खेलाडी तर्फ जाल्पा माबिका ३३ केजी तर्फ डेभिट पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजी तर्फ जाल्पाकै अनुसा नेपालीले बेस्ट खेलाडीको उपाधी जित हाँसिल गरेका छन् ।
अन्तराष्ट्रि निर्यायक मीन न्यौपाने नेतृत्वमा १२ जना...
