सम्पर्क

स्वास्थ्य

पौष १७ गते गुफाडाँडामा सम्मेलन

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगर पालिकामा पर्ने नेपालकै चर्चीत पर्यटकीय स्थलको रुपमा परिचित हुने तैयारीमा रहेको गुफाडाडामा आगामी पौष १७ गते जलवायु दिवस मनाइने भएको छ । मेलम्ची नगरपालिकाले आगामी जनवरी १ अर्थात पुस १७ गते मेलम्ची नगरपालिका–९ स्थित गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्ने भएको नगर पालिकाले जनाएको छ । मेलम्चीनगरपालिकाको मंसिर २८ गते बसेको कार्यपालिका वैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्ने निर्णय गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । उाहाका अनुसार दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी दिबसमा मा.बहादुर सिंह लामा (तामाङ) प्रमुख अतिथि मुख्य मन्त्री, मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश र...

कार्यालय समयमा चिकित्सक नभए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई भनेका छन् । उहाँले यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरुलाई भनेका थिए । यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरुमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ । मन्त्रालयअन्र्तगतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु कार्यालय समयमा कार्यकक्षमा रहि सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ । कार्यालय समयमा बाहिर ...

नेता बस्नेतद्धारा एकै दिन बाटो शिल्यान्यास र भवन उद्घाटन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्बमन्त्री माननीय मोहन बहादुर बस्नेतले बुधबार एक समारोहका बिच बाटो शिल्यान्यास तथा स्वास्थ्य भवनको उद्घाटन गर्नुभएको छ ।बुधबार बिहान सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ३ मा पर्ने खाग्दल दोभान घर्तीटोल हुदै क्षेमादेवीसम्मको सडक खण्डको कालोपत्रे शिलान्यास गर्नुभयो । यसैगरी दिउँसो वडा नं. ९ राम्चे स्वास्थ्य चौकिको नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । पूर्वमन्त्री माननीय मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा नगरपालिका नगर प्रमुख बालकृष्ण बस्नेतको बिशेष अतिथ्यतामा बाटोको शिल्यान्यास तथा भवन उद्घाटन भएको हो । बाटो शिल्यान्यास कार्यक्रममा उप प्रमुख मन्जु तामाङ, वडाअध्यक्ष जिवन कुमार भण्डारी लगाएतका वडाअध्यक्षहरु, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकको अध्यक्ष बुद्धराज बस्नेत समाजसेवी बिष्णु खत्री लगाएतका ब्यक्तित्वहरुको उपस्थिती रह...

चौतारा अस्पतालमा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको स्थापना

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय चौतारा अस्पताल सिन्धुपाल्चोकको आयोजनामा आज एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शाखा र कक्षको उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले निजी क्षेत्रबाट स्वास्थ्य सेवा अत्यधिक महँगो भएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवाको दायित्व सरकारको रहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । “स्वास्थ्य क्षेत्र एउटा गतिशील क्षेत्र भएको बताउँदै दिनहुँ यस क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान भई नयाँ–नयाँ उपचार प...

सुविधा सम्पन्न भवन मात्रै भएर हुँदैन, गुणस्तरीय सेवा दिन सक्नुपर्छः काँग्रेस नेता बिल बहादुर तामाङ

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग (NCD) परामर्श कक्षा चौतारामा स्थापना भएको छ । आज बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले जनस्वास्थ्य कार्यालय चौतारामा स्थापना भएको परामर्श कक्षाको उद्घाटन गर्नुभएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांँग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव एवम् महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले तामाङले भवन कक्षाको मात्रै स्थापना गरेर केही उपलब्धि नहुने बताउनुभयो । सुविधा सम्पन्न भवन मात्रै भएर केहि हुदैन त्यहाँ दिने सेवा सुविधा पनि गुणस्तर हुनेपर्नेमा उहाँको जोड थियो । अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नलाई आफुले सकेको सहयोग पनि गर्ने उहाँले बताउनुभयो । तामाङले विरामीहरुलाई धुलिखेल काठमाण्डांैका अस्पतालमा धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्न अस्पतालले गुणस्तरीय सेवा जोड दिनुपर्ने समेत बताउनुभयो । चौतारामै आँखा उपचार शाखा र मानसि...

सुनखानिमा महिला प्रजनन शिविर सम्पन्न १ सय ८९ महिलाले गराए चेकजाँच

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
 सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ सुनखानीमा महिला प्रजनन स्वास्थ शिविर आयोजना गरेको छ । मंगलबार आयोजना गरिएको शिविरमा एक सय ८९ महिलाले चेकजाँच गराएका थिए । रत्न बस्नेत मेमोरियल फाउन्डेसनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँच गराएकामध्ये ६ जनामा समस्या देखिएपछि उनीहरूलाई थप उपचारका लागि सिर मेमोरियल बनेपा लगिने जानकारी दिनुभयो । जटिल समस्या देखिएका ६ जनाको अपरेसन गर्नुपर्ने नेपाली कांग्रेस सुनकोशी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष इन्द्रबहादुर केसीले बताउनुभयो । स्वास्थ्य शिविर बुधबार पनि जारी रहने र समस्या देखिएका महिलालाई स्वास्थ्य चेकजाँच गरी फाइदा लिन आयोजक पक्षले अनुरोध गरेको छ । कार्यक्रमको प्रमुख अतिथिप उपाध्यक्ष कान्छी लामा थिइन् । कार्यक्रम को अध्यक्षता सुनकोशी ५ का अध्यक्ष जालबहदुर लामाले गर्नुभएको थियो । यस्ता कार्यक्रमबाट विपन्न र सीमान्तकृत महिलालाई ल...

बनदेबी माबीलाइ लायन्स क्लबको न्यानो कपडा

ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
लायन्स क्लब अफ काठमाण्डौं सिन्धु चौतारा सिटीद्वारा चौतारा भुलभुलेमा रहेको बनदेबि माध्यमिक विद्यालयमा अध्ययननरत १६ जना दृष्ट्रिबिहिन विद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरेको थियो । समाज सेबी भुपेन्द्र थापाको सहयोगमा लायन्स क्लब अफ काठमाडौ सिन्धु चौतारा सिटिद्वारा दृस्टीबिहिन बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको हो । जाडो महिनालाइ विशेष मध्यनजर गरेर बालबालिकाहरुलाइ न्यानो कपडा बितरण गरेको क्लबमा अध्यक्ष भगवान खड्काले बताउनु भयो। बिगतको बर्षहरु झै यो बर्ष पनि विभिन्न सामाजिक काम गर्दै आएको लायन्स क्लब ले अब आउने दिनहरुमा पनि यस्ता खाले सामाजिक कार्य गर्दै जाने र सामाजिक काम गर्दा मनमा खुसी मिल्ने गरेको खड्काले बताउनु भयो। समाजमा विभिन्न पेसा ,ब्यवसायमा आबद्द युवाहरुले हातेमालो गरेर अघि बढ्यो भने सामाजिक काम गर्न कसैले कठिन नहुने रहेछ , स्वच्छ हृदयले काम गर्न पाउँदा गर्व लाग्ने कुरा क्लबका उप...

समाजसेवी थापाद्धारा न्यानो कपडा बितरण

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, स्वास्थ्य
समाजसेवी तथा थापा इन्टरप्राइजेजका सञ्चालक नेपाली काँग्रेसका नेता भुपेन्द्र थापाले जाडोको समयमा चिसोबाट बच्नका लागि जेष्ठ नागरिक तथा अपाङ्कता भएका ब्यक्तीहरु, अशाय बिद्यार्थीहरुलाइ न्यानो कपडा बितरण गर्नु भएको छ । नेपाली काँग्रेसका उपसभापती टङ्क बहादुर कार्की नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगर सभापती इन्द्रलोचन धिताल नगर सचिव भगवान खड्का सहितको टोलीले न्यानो कपडा बितरण गरेको हो । जेष्ठ नागरिक आश्रममा १५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा, थर्मकोट १५ सेट, बनदेबी माबिमा १६ सेट, ज्ञानमन्दिर नमुना माध्यमिक बिद्यालय मेलचौरमा असाय बालबालिकालाई २० सेट न्यानो कपडा लागाएतका सामाग्रीहरु बितरण गर्नुभएको छ । नगरमा रहेका असाय बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तीहरु तथा एकल महिलाहरुलाई जाडोको समयमा लगाउँने कपडा नहुनेहरुलाई निरन्तर सहयोग गरिरहने थापाले जानकारी दिनुभयो । उहाँले जाडोका कारण कसैला...

नागरिकहरु सचेत भएर काम गर्ने हो भने हिसा भन्ने हुँदैनः उप प्रमुख मन्जु तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
बिपना तामाङ,हरेक घरका नागरिकहरु सचेत भएर काम गर्ने हो भने हिसा भन्ने हुँदैन त्यसका लागी हरेक नागरिक सचेत हुन जरुरी हुँन्छ त्यसैले सबै नागरिकले आआफ्नो हैसियत अनुसारको काम गर्न पर्ने बाह्र्बिसे नगर उप प्रमुख मन्जु तामाङले बताउँनु भएको छ । उँहाले १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तरगतको कार्यक्रममा सहभागीहरुलाइ समबोधन गर्दै यस्तो बताउँनु भएको हो ।  बाहबिसे नगरपालिकामहिला बालबालिका शाखाको आयोजनमा र इलाका प्रहरी कार्यालयको समन्वयमा बिभिन्न वडाको समुदायमा गएर जनचेतनामुलक कार्यक्रम गर्ने क्रममा शनीबार बाहबिसे नगरपालिका वडा नं ३ मा भएको कार्यक्रममा उँहाले यस्तो बताउँनु भएको हो । वडा नं का वडा सदस्य अनिस पाइनको अध्यक्षतमा र नगर–उपप्रमुख मन्जु तामाङको प्रमुख अतिथिमा शनीबार धारपामा र्याली गरेर समापन गरिएको कार्यक्रममा नगर–उपप्रमुख तामाङले सहभागीहरुलाइ सम्बोधन गर्दै हामी सबैले पहीले आफु कुनै पनी...

बालमैत्री घोषणाका लागी कुनै कसुर बाकी हँदैन ःनगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देव राज सुबेदी ,सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बालमैत्री नगर घोषणाका लागि नगरपालिकाले निर्वाह गर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । मेलम्ची नगरपालिकाले आयोजना तथा एक्प्याक्ट लक्जम्बरको आर्थिक सहयोग सुनिता फाउन्डेसनको समन्वयमा आयोजित ३ दिने बालमैत्री स्थानीय शासन र बाल संरक्षण प्रणाली प्रशिक्षक प्रशिक्षणलाई समापन गर्नुहुँदै प्रमुख तामाङले उक्त भनाई राख्नु भएको हो । उहाँले यो कार्यकालमानै बालमैत्री नगर घोषणा गर्ने गरि जनप्रतिनिधी, कर्मचारी लागेको बताउँदै यसका लागि सबैकोे सहयोगको खाँचो रहेको बताउनुभयो । त्यस्तै उपप्रमुख उमा प्रधानले बालमैत्री नगर घोषणाका लागि ५१ वटा सुचक पुरा गर्न जनप्रतिनिधी मात्रको प्रयासले पुरा नहुने भन्दै कर्मचारी र नगरबासीको सहयोग चाहिने बताउनुभयो । त्यस्तै बालमैत्री अभियान्ता प्रशिक्षक तिलोतम पौडेलले नगरले गरेका कार्यको प...