कतारमा ४१ जना नेपालीहरूले गरे रक्तदान
दर्शन सुनार/लोकप्रिय दैनिक, दोहा/कतार
कतारमा “बृहत् रक्तदान कार्यक्रम“ भव्य रूपमा सम्पन्न भएको छ । परियार मित्रता समाज कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रवार कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा परियार मित्रता समाज कतारका अध्यक्ष सुमन परियारले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । १०५ जना उपस्थिति रहेको कार्यक्रममा ५५ जनाले रक्तदान गर्नका लागी रजिस्ट्रेसन गरेका थिए। जस मध्य ४१ जनाले रक्तदान गर्न सफल भएको र १४ जना रक्तदान गर्नबाट वञ्चित भएको रक्तदाता संघका अध्यक्ष रामजी खत्रीले जानकारी दिनुभयो ।
“मानवीय तथा परोपकारी“ कार्यमा सहभागी भई रक्तदान गरेका सम्पूर्ण रक्तदाताहरूलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रम संयोजक बालन परियारले धन्यवाद प्रकट गर्नुभएको थियो । रक्तदान जस्तो प...
