निःशुल्क शिवीरबाट लाभ लिन कोहीपनि वञ्चित नहोस् ः नगरप्रमुख सापकोटा
चौतारा साँगाचोकगढी नगरबासीहरुलाई निःशुल्क स्वास्थ सेवा उपलब्ध गराउने अभियानमा मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृृष्णप्रसाद सापकोटाले शिबिरको उद्घाटन गर्नुभएको छ । शिवीरको उद्घाटन गर्दै उहाँले नगरबासीलाई सहज सुबिधा सहित स्वास्थ्यमा पहुँच पु¥याउनको लागि शिबिर सञ्चालन गरिएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्यप्रति राज्य र वर्तमान सरकार संवेदनशील रहेको बताउदै उक्त निःशुल्क शिवीरबाट लाभ लिन कोहीपनि वञ्चित नहोस् समेत बताउनुभयो । ३ दिने निःशुल्क निशुल्क मोतियाबिन्दु र क्षयरोग परिक्षणको क्रममा चौतारा साँगाचोकगढी नगरपालिकामा सेवा लिनेको दिनभर लाइन रहेको थियो । पहिलो दिन चौतारा नगरपालिकाको शिबिरमा ३ सय ८ जनाले सेवा लिएका छन् ।
नगरल स्वास्थ्य शाखाले गरेको शिबिरमा नगरबासी तेस्रो पटकको लागि आँखाको सल्यक्रिया गर्न समेत पुगेका थिए । उनी हुन् सिरुवारीका ७८ बर्षिया कुल बहादुर दुलाल । दुलालल...
