चौतारा साँगाचोकगढी नगरबासीहरुलाई निःशुल्क स्वास्थ सेवा उपलब्ध गराउने अभियानमा मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृृष्णप्रसाद सापकोटाले शिबिरको उद्घाटन गर्नुभएको छ । शिवीरको उद्घाटन गर्दै उहाँले नगरबासीलाई सहज सुबिधा सहित स्वास्थ्यमा पहुँच पु¥याउनको लागि शिबिर सञ्चालन गरिएको बताउनुभयो । उहाँले जनताको स्वास्थ्यप्रति राज्य र वर्तमान सरकार संवेदनशील रहेको बताउदै उक्त निःशुल्क शिवीरबाट लाभ लिन कोहीपनि वञ्चित नहोस् समेत बताउनुभयो । ३ दिने निःशुल्क निशुल्क मोतियाबिन्दु र क्षयरोग परिक्षणको क्रममा चौतारा साँगाचोकगढी नगरपालिकामा सेवा लिनेको दिनभर लाइन रहेको थियो । पहिलो दिन चौतारा नगरपालिकाको शिबिरमा ३ सय ८ जनाले सेवा लिएका छन् । 
नगरल स्वास्थ्य शाखाले गरेको शिबिरमा नगरबासी तेस्रो पटकको लागि आँखाको सल्यक्रिया गर्न समेत पुगेका थिए । उनी हुन् सिरुवारीका ७८ बर्षिया कुल बहादुर दुलाल । दुलालले १४ बर्ष अघि दुवै आँखा एकैपटक सल्यक्रिया गरेको बताउनुभयो। यसपटक अझै राम्रोसँग देख्न सकिन्छ भन्ने भएपछि अहिले तस्रो पटक सल्यक्रिया गराएको बताउँदै घरछेउमै सेवा पाएकोमा खुसी व्यक्त गरे । शिबिर बारे वडा सदस्यले भनेपछि चौतारा आएको बताउनुभयो । त्यस्तै इर्खुकि ७८ बर्षिय छलिमाया श्रेष्ठ पनि २ बर्ष अघिदेखि प्रेसर ५ बर्ष देखि दमको नियमित औषधी सेवन गर्दै आइरहेकी थिइन् । उनलाई पछिल्लो समय मोतियाबिन्दुले पनि सताएपछि शिबिरमा अक्सीजन सिलिन्डर सहित परिवारको साथ आई आँखाको सल्यक्रिया गराएकी छिन् । वडा नम्बर ८ ईर्खुकै हरीबहादुर मगरपनि वडामा गरिएको शिबिरमा मोतियाबिन्दु भएको पहिचान खुलेपछि उनले पनि शिबिरको फाइदा लिएका छन् । वडा नम्बर ६ गिदाने ६९ बर्षिया निल बहादुर थापाको पनि ३ वर्षअघि देखि आँखाको समस्या झेल्दै आएका थए । उनको पनि मोतियाबिन्दुको सल्यक्रिया सफल भएपछि खुसी देखिन्थे । गौरातिकी सोममाया तामाङ पनि १६ बर्षमा नै बैवाहिक सम्वन्धमा गाँसिएर ३ वर्ष नबित्दै बर्षदेखी श्रीमानले दोस्रो बिवाह गरेर वास्ता नगरेदेखि कष्टकर जीवन जिउदै आएकी थिइन् । घरमा जसनसुकै काम आफैंले सम्पादन गर्नुपर्दा दुई बर्ष अघिदेखि कान र आँखा दूवैमा समस्याबाट ग्रस्त थिइन् । सोममायाले पनि सेवा पाएकी छिन् । ४ बर्षदेखि मुटुको औषधी सेवन गरेका ठुलीमाया तामाङले पनि अप्रेसन गराएकी छिन् । दिनभर थकानको महसुस नगरि नेपाल आँखा अस्पतालका चिकित्सकसहितको प्राबिधिक टिम र चौतारा नगरपालिकाको स्वास्थ्यकर्मीहरु सेवामा खटिएका थिए । दिनभरको शिबिरमा ३ सय ८ जनाले सेवा लिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताउनुभयो । अधिकृत नेपालले २० जनाको आँखाको सल्यक्रिया , ६२ जनालाई चस्मा बितरण र निःशुल्क औषधी समेत उपलब्ध गराएको जानकारी गराउनुभयो ।
उहाँका अनुसार सेवामा सहभागीहरुलाई ल्याउन र लैजानको लागि यातायातको समेत प्रवन्ध गरिएको थियो । त्यस्तै छातिको एक्सरेगर्दै १ सय ७६ जनाले क्षयरोग परिक्षण गरिएको थियो । शिबिरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको स्वास्थ्यकर्मीसहितको प्राबिधिक सहयोग रहेको नगरस्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनुभयो । उक्त शिबिर बिहिबारसम्म निरन्तर रुपमा सञ्चालन हुने नगर स्वास्थ शाखाले जनाएको छ ।
