सम्पर्क

ब्रेकिङ न्युज १

इन्द्रावतीमा अपाङ्गता समाबेशी भू–संरक्षण अभ्यास प्रवर्धन कार्यक्रम सञ्चालन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
इन्द्रावती गाउँपालिकामा अपाङ्गता समाबेशी भू–संरक्षण अभ्यास प्रवर्धन कार्यक्रम सञ्चालन भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रम ९ग्ल्म्ए न्भ्ँ क्न्ए० को सहयोगमा यो कार्यक्रम सञ्चालन भएको हो । सिन्धुपाल्चोक जिल्ला बाढी, लगातारको पहिरो तथा भू–क्षयको हिसाबले नेपालको सबैभन्दा जोखिममा रहेको जिल्ला हो । पहिरो जाने र जमिनको क्षति हुने बिभिन्न कारणहरु छन् । त्यसमा भौगर्भिक अवस्था, अव्यवस्थित भौतिक पूर्वाधारको निर्माण, अवैज्ञानिक खेती प्रणली र जलवायु परिवर्तनको नकारात्मक असर प्रमुख कारण हुन् । भूू–क्षयको पीडा सबैलाई छ तर अपाङ्गता भएका व्यक्तिहरू यसको उच्च जोखिममा छन् । समुदायमा अपाङ्गता भएका व्यक्तिहरू सबैभन्दा उपेक्षित र पिछडिएका समूह भित्र पर्दछन् । उनीहरुका सवालहरू विकास, विपद् जोखिम र जलवायु परिवर्तन आदिमा कमै सम्बोधन हुने गरेको पाइन्छ । इन्द्रावती...

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई

खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, स्वास्थ्य
सिन्धुपाल्चोक, १९ माघः जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सिन्धु योङ स्टारलाई २–० को सेटमा पराजित गर्दै मेलम्ची–७ ले उपाधिसहित एक लाख नगद शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ । दोस्रो भएको आयोजकले ६५ हजारमा चित्त बुझाएको छ । त्यस्तै जुगल गाउँपालिकालाई पराजित गर्दै सृजनशिल युवा क्लब मेलम्ची–७ ले तेस्रो स्थानसहित नगद ३५ हजार र शिल्ड मेडल प्राप्त गरेको आयोजक क्लबका सुनबहादुर घलेले जानकारी दिनुभयो । बिजेतालाई प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, वडा अध्यक्ष किरणदिप खडकालगायतले पुरस्कार प्रदान गर्नुभयो । जनता माध्यमिक विद्यालय मेलम्ची–९को खेलकुद मैदानमा प्रतियोगिता आयोजना गरिएको थियो । मेलम्ची, हेलम्बु र ...

असीको दशक समृद्धिको दशक बन्नुपर्छः प्रधानमन्त्री ओली (पूर्णपाठ)

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १८ माघः प्रधानमन्त्री केपी शर्मा ओलीले ८० को दशकलाई समृद्धिको दशक बनाउनुपर्ने बताउनुभएको छ । आजदेखि सुरु प्रतिनिधिसभाको पाँचौँ अविधेशनको बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “असीको दशक समृद्धिको दशक हुनुपर्छ । यो समयलाई खेर नफालौँ । अबको दशकलाई विकासको दशक बनाऔँ र देशलाई स्थिरता दिऔँ ।” उहाँले ६० को दशकलाई गणतन्त्र स्थापना र सङ्क्रमणकालको दशक भन्न सकिने उल्लेख गर्दै उक्त समयमा नयाँ संविधान निर्माणको प्रयास भएको बताउनुभयो । “सत्तरीको दशक सङ्क्रमणको अन्त्य, संविधान निर्माण तथा समृद्धिको आधार निर्माणको दशक रह्यो । यस दशकमा नाकाबन्दी र भूकम्पले सिर्जना गरेका बाधाहरु पन्छाउँदै संविधान कार्यान्वयन गर्ने कानुन बनाउने र दूरगामी महत्वका पूर्वाधार निर्माणका काम भए”, उहाँले भन्नुभयो । संविधान कार्यान्वयन गर्ने, भूकम्पपछिको पुनःनिर्माण गर्ने, स्थायित्व कायम राख्ने र शान्ति प्रक्रियालाई संस्...

सिन्धुपाल्चोकको मात्रै होइन खेलजगतमा सबैको अभिभावक बन्दै बस्नेत

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
माघ १० गते देखि १७ गते सम्म पहिलोपटक काठमाडौंको दशरथ रंगशालामा आयोजना भएको सभापति कप फुटबलको विजेता र उपविजेतालाई डालोमै नगद पुरस्कार प्रदान गरिएको छ । शिक्षाको बिकास सँगै खेलकुदको बिकास गरे स्वास्थ्य र स्थानीय बिकासका लागी सहजता हुने बताउँदै आउँनु भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्य सासद मोहन बस्नेतले यस बर्ष सभापती कप प्रतियोगिता गरेर डालोमा नगद पुरस्कार प्रदान गर्ने ब्यवस्था गर्नु भएको हो । नेपाली काँग्रेसका सभापती पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले रङ्गशालामा एक समारोहका बिच बिजेतालाइ नगद सहीत पुरस्कार बितरण गर्नु भएको हो । आयोजक बाग्मती प्रदेश लोकतान्त्रिक खेलकुद संघ लाई पेनाल्टी सुटआउटमा हराउँदै , संकटा फुटबल क्लब प्रथम सभापति कप २०८१ को बिजेता बन्न सफल भए सँगै ट्रफीसहित नगद रु (२६ लाख )पाएको छ । दोश्रो हुने लोकतान्त्रिक खेलकुद सघंबागमतीले १३ लाख प्राप्त ग¥यो । काठमाडौंको दशरथ...

नँयापानीमा १२बर्षपछीसुक्खा समयमा मुल फुट्यो आयो पानी

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बर्षामा मुल मुल फुटेर हिउँदमा पानीको मुल सुकेको सबैलाइ थाहा छ तर सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालिकामा हिउँद अर्थात सुक्खा समयमा मुल फुट्ने अर्थात पानी पलाउँने गरेकोले सबैमा दैबी शक्तीको प्रभाब भन्ने गरेका छन । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ५ सिपा धुसिनी स्थित नयाँपानी धाममा १२ बर्ष पछी पानी पलाएको छ । परापुर्व कालदेखिनै हरेक १२ वर्षको अन्तरालमा हिउँदको समयमा पानीको मुल पलाएर वर्षायाममा सुक्ने र त्यसको १२ वर्षपछि हिउँदे याममा पानीको मुल पलाउने भए पछी दैबी शक्तीकोे अद्भुत बिशेषता रहेको पाइन्छ ।हरेक १२ वर्षको हिउँदमा पानी पलाउने ईन्द्रावती गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकमा रहेको नयाँपानीमा मंगलबारबाट पानी पलाउन सुरु भएको बताइएको छ । अघिल्लो वर्ष नै पलाउनु पर्ने पानी नपलाएपछी जान अन्जान केही भुल भयो कि भनेर दुई बर्ष अघि नयाँपानी क्षेत्र संरक्षण समितिको पहलमा क...

साँगाचोकमा चार दिने अर्गानिक तरकारी खेती सम्बन्धी तालिम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी वडा नं. १२ मा रहेको कमलको फूल महिला बहुउद्देश्य सहकारी संस्थाको आयोजना तथा टेवाको आर्थिक सहयोगमा महिलाहरुको सामाजिक तथा आर्थिक सशक्तिकणको लागि दिगो कृषि कार्यक्रम अन्तर्गत अर्गानिक तरकारी खेती सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका उप प्रमुख सिता थापाले एक समारोहका बिच तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुहुँदै तालिम समापन गर्नुभएको हो । माघ १३ गते देखी सुरु भएको तालिम ४ दिनसम्म भलेको थियो । तालिममा सहभागीहरुले कोमलको फुल महिला बहुउद्धेश्यिय सहकारी संस्थाले चार पदनसम्म तालिममा सहभागी गराएर स्थानीय स्तरमा गरिने तरकारी खेतीका लागी पाइने बिउ, स्थानीय स्तरमा पाइने सामाग्रीहरुबाट मल, किटनासक औषधी बनाउँन सिक्नुका साथै खेर गइरहेको जग्गालाई सदुपयोग गरेर तरकारी उत्पादन गर्न सकिने वातावरण तैयार भएको बताएका छन् । उक्त ...

शिक्षकले विद्यालयमा पढाउन छोडेर राजनीति गरेको थाहा भएमा कारबाही हुन्छः नगरप्रमुख सापकोटा

कृषि, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
विद्यालयका शिक्षकले विद्यालयमा पढाउन छोडेर राजनीति गरेको थाहा भएमा त्यस्ता शिक्षकलाई कारबाही गरिने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताउनु भएको छ । डडुवा भवानी शंकर माध्यमिक विद्यालयको ६५आंै बार्षीकोत्सव को उद्घाटन गर्दै उँहाले यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षा सिकाइका लागि जस्तोसुकै सहयोग गर्न पनि चौतारा साँगाचोकगढी नगरपालिका तैयार रहेको तर गुणस्तरीय शिक्षा सिकाइमा विद्यालय परिवार अझ बढी सक्रियताका साथ उत्कृष्ट नतिजा ल्याउन तैयारीका साथ लागी पर्न अनुरोध गर्नु भयो । उहाँले विद्यालयमा शिक्षा सुधारका लागी शिक्षक अभिभावक विद्यार्थी सबै लागि पर्नु पर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले जनप्रतिनिधि हुनका लागी दलको नेता भएरै हुने हो तर जनप्रतिनिधि भएपछि सबैको साँझ भएर काम गर्नपर्छ भन्नु हुँदै आफू माओवादीको केन्द्रीय...
कृषकहरूलाई एक दिने व्यवसायिक साक्षरता कार्यक्रम

कृषकहरूलाई एक दिने व्यवसायिक साक्षरता कार्यक्रम

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा कृषकहरूलाई एक दिने व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वडा नं १०का अध्यक्ष निलबहादुर तामाङको प्रमुख अतिथ्यतामा कृषकहरुको भेला गरी उक्त कार्यक्रम गरिएकने हो । नेत्रज्योती कृषि सहकारी संस्थाको आयोजना र वडा नं. १० को आर्थिक सहयोगमा कृषि उत्पादनमा प्रोत्साहन गर्न व्यवसायिक रूपमा बाख्रापालन गर्नका लागि आवश्यक पूर्वाधार र बाख्रा पालन गर्ने तरिका बारेमा जानकारी गराएको थियो । कार्यक्रममा कृषकहरूलाई तरकारी खेती, खाद्यान्न उत्पादन र बाख्रा, भैसि पालन गर्नका लागि कृषि विकास बैकबाट सरल कर्जा दिने व्यवस्था भएको कृषि विकास बैकका चौतारा शाखाका प्रबन्धक सर्जना महर्जनले जानकारी दिनुभयो । स्थानीय बासिन्दाहरूलाई यस किसिमको व्यवसायिक साक्षरता कार्यक्रममा कृषकहरूलाई सक्रिय गराई स्थानीय स्तरमा उत्पादनको प्रयोग गरेर बाँझो जग्गामा खेती ग...

नेपाल भूतपूर्व सैनिक संघ सिन्धुपाल्चोकमा कुल बहादुर राउत

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाल भूतपूर्व सैनिक सङ्घ सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिवेशनले कुल बहादुर राउतलाई जिल्ला अध्यक्षमा चयन गरेको छ । बिपी अध्ययन केन्द्र चौतारामा सम्पन्न अधिवेशनले विधान बमोजिम सचिवमा ज्ञानेन्द्र सिग्देल, कोषाध्यक्षमा जल प्रसाद लम्साल रहनु भएको छ । यसै गरी सदस्यहरूमा लालबहादुर थापा, विमला पोख्रेल, रमेश राउत कृष्ण अधिकारी, प्रकाश तामाङ, डिल्ली प्रसाद भटराइ, सुदर्शन काकी, कृष्ण तामाङ, खिल बहादुर तामाङ, गन बहादुर तामाङ, केदार चालिसे, श्रीध्वज लामा होम बहादुर कार्की , सागर तामाङ रहनु भएको १७ सदस्यीय कार्यसमितिको सर्वसम्मत भएको हो । यसै गरी केन्द्रीय प्रतिनिधिमा मणीलोचन न्यौपाने भूपेन्द्र थापा, बोध विक्रम पण्डित, गोपाल जिरेल श्री ध्वज लामा सबै सम्मत हुनु भएको छ भने बागमती प्रदेश प्रतिनिधिमा बद्धी बहादुर तामाङ, शेर बहादुर तामाङ फरक बहादुर कार्की रमेश राउत, प्रकाश तामाङ र लिला बहादुर तामाङ रहनु भएक...

मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु

#, खेलकुद, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार
देबराज सुबेदी मेलम्ची ,  स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलाडी भन्ने नाराका साथ मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ । मेलम्ची नगरपालिका र जालपादेवि माध्यमिक विद्यालयको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ(समिर)ले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । स्वास्थ्य र राष्ट्रको लागी खेलकुदको भुमिका महत्वपूर्ण रहेको भन्दै उहाँले देशको नाम उच्च राख्नको लागी खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद तामाङले खेलक्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्ने बताउनुभयो । उहाँले खेलकुद मैदान निर्माणका लागी र खेल क्षेत्रको विकासको लागी आफुले सधैं सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्थानीय तह,प्रदेश र संघ सरकार संग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।कार्...