सम्पर्क

ब्रेकिङ न्युज १

चौतारामा उद्योग तथा वाणिज्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा जिल्ला स्तरमा उद्योग तथा वाणिज्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला स्थित सरोकारवालासँग भएको अन्तरक्रिया कार्यक्रम उद्योग तथा वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका मन्त्री सुकमाया तामाङको प्रमुख आतिथ्यतामा गरिएको हो । कार्यक्रममा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले कार्यक्रमको उद्धघाटन गर्दै यो आर्थिक वर्ष भरीमा २२ खर्ब उद्यमीहरुलाई कृषि मन्त्रालयबाट सस्तो व्याजमा ऋण दिने जानकारी गराउनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका साना तथा मझौला व्यवसायिक उद्योग व्यवसाय सञ्चालन गर्ने व्यवसायिकहरूलाई मौलिक उत्पादन गरिएको सामानको बजारीकरण गर्नुपर्ने र प्रयोगमा जोड दिन आग्रह गर्नुभयो । उहाँले हस्तकला सिप कलाको प्रयोगबाट निर्मित सामनहरू एकले अर्काको किन्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयोे । कार्यक्रममा हामी आफैल...

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धीअख्तियार दुरुपयोग अनुशन्धान आयोगकोअन्तरक्रियागोष्ठी

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा  अख्तियार दुरुपयोग अनुशन्धान आयोगको  भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया÷गोष्ठी कार्यक्रम भएको छ ।जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला स्थित १२वटै पालिकाका प्रमुख उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख योजना प्रमुख हरु जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख हरु बिच उक्त अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले अख्तियार दुरुपयोग अनुशन्धान आयोगको काम कार्यहरुका बारेमा जानकारी लिनुका साथै आयोगको भुमिकाका बारेमा समेत जानकारी लिएका थिए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले सिन्धुपाल्चोक जिल्लामा आएर अख्तियार दुरुपयोग अनुशन्धान आयोगले जिल्ला स्थित जिम्मेवार निकाय जिल्ला सम्मन्वय समितीका पदाधिकारीत...

सुनको मूल्य तोलामा नौ सय घट्यो

#, ब्रेकिङ न्युज १, समाचार
गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ९०० र चाँदी तोलामा रू १५ ले घटेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला रू एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रू एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस...

डडुवा बचत तथा ऋण सहकारीको १६औं साधरणसभा सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वढा नं. १४ मा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औ बार्षीक साधारणसभा एक समारोहका बिच शनिबार सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा र पुर्ब वडा अध्यक्ष तथा जनमिलन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेर बहादुर श्रेष्ठ र डडुवा भवानी शङ्कर माध्यमिक बिद्यालयका प्रअ तथा जनहित दुग्ध उत्लादक सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपाल लगाएत शेयर सदस्यहरको उपस्थितमिा भएको कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथी वडाअध्यक्ष उद्धब नेपालले सहकारीताको माध्ययमबाट गरिएको कामहरका बारेमा प्रशंसा गर्दै सहकारी ऐन अनुसार सहकारीको निती सिद्धान्तमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । आ.व.२०७९/०८० मा रु.७९ लाख ९७ हजार १ सय ५० रुपैयाँ ४५ पैसा कुल आम्दानी गरेकोमा आ.व. २०८०/०८१ को अन्त्यमा ...

मेलम्चीे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने मुख्य मन्त्रीको प्रतिबद्धता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रको विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताउनु भएको छ । मेलम्ची नगरपालिकाद्वारा बिहिवार आयोजित विकास र विपद सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै लामाले मेलम्चीको विकासमा कुनै कञ्जुस्याई नगर्ने बताउनु भएको हो । मुख्य मन्त्री लामाले बिशेष गरी सिन्धुपाल्चोक जिल्लामा हरेक प्रकारको बिपद आइरहेको छ अब देखी सिन्धुपाल्चोक लगाएत कही पनी बुनै प्रकारको बिपद नआओस भन्ने कामना गरौ र बिपद परेको ठाँउमा बिग्रीइको संरचनालाइ पुर्बवत स्थितीमा ल्याउँन बागमती प्रदेस सरकार लागी पर्ने बताउँनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति माननीय इन्द्रबहादुर बानियाँ र प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय कुन्दनराज काफ्लेले यहाँको विकास अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमका सभापति नगरप्रमुख...
श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

श्री कृष्ण रत्न गंगा मा. वि.मा इश्वरी सल्लाहकारसंयोजकमा श्यामकृष्ण

बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ५ मा रहेको श्री कृष्ण रत्न गंगा मा. वि.को बिद्यालय ब्यवस्थापन समिती को अध्यक्षमा इश्वरी प्रसाद श्रेष्ठ चयन हुनु भएको छ । श्री कृष्ण रत्न गंगा मा. वि चौताराको सदरमुकाम चौतारामा रहेको जेठो विद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयमा शनिबार सम्पन्न निर्वाचनमा दुई प्यानल र दुई स्वतन्त्र उम्मेदवारहरुले सहभागी भएकामा एक प्यानल र स्वतन्त्र उम्मेदवारहरु पराजित भएका छन् भने अर्को पक्षको सम्पूर्ण प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट बनाइएको संयुक्त प्यानललाई माओवादी–समाजबादी प्यानलले हराएको हो ।माओवादीको तर्फबाट ईश्वरीप्रसाद श्रेष्ठको नेतृत्वमा चुनाव लडेको प्यानलले विव्यसको सम्पूर्ण पदमा विजय प्राप्त गरेको थियो । विजयी ईश्वरीप्रसाद श्रेष्ठले ३ सय ५८ मत, राजन बुढाथोकीले ३ सय ९६ मत, लक्ष्मी श्रेष्ठले ३ सय ८२ मत र...

जीवनको लागि योगको ठुलो महत्व रहेको छ नगर प्रमुख तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
स्वास्थ्यका लागी अती आबश्यक रहेको स्वस्थ जीवनको लागि योगको ठुलो महत्व रहेको मेलम्ची नगर प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । पर्यटकहरूको रोजाइमा पर्दै गएको धार्मिक एवम् मनोरम चुचुरोमा पर्यटन प्रर्वधनसँगै स्वस्थ जीवनको लागि योगको महत्वको प्रचार गर्न पदयात्रा सफल भएको यात्रामा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै उँहाले यस्तो बताउँनु भएको हो ।   तीन हजार आठ सय मिटर अग्लो आमा याङ्ग्रीको चुचुरोमा मेलम्ची नगर पंमुख सहित विभिन्न स्थानबाट गएका योग साधकहरूले योग तथा ध्यान गरेका थिए । धामिर्क एवम पर्यटकीय रूपमा चर्चित आमा याङ्ग्रीको चुचुरोमा मंगलबार फरक खालको दृश्यले सबैको ध्यान खिचेको थियो । मेलम्ची नगर योग समितिको आयोजनामा भएको दुई दिने योग पदयात्राका क्रममा आमा याङ्ग्रीमा भएको योग साधनाको दृश्यले भ्रमणमा आएका सबै पर्यटकको ध्यान खिचेको थियो ।तीन हजार दुई सय मिटर उचाइको वेस क्याम्पमा एक रात बिता...

आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ६ चैत: नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने समितिले जनाएको छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कम, न्वारन, पास्नी, श्राद्ध, मासिक काम भने गर्न हुन्छ । काम्य कर्र्म विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सव आदि गर्नु हुँदैन ।   शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । हिन्दुधर्म अनुसार प्रत्येक वर्ष शुक्र र बृहस्पति अस्त हुने सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्...

चौतारा क्याम्पस तनाब ग्रस्त

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासाँगाचोकगढी नगरपालिका ५ मा रहेको चौतारा बहुमुखी क्याम्पसमा दुइ पक्ष बिच नारा बाजी भइरहेको छ । आज शान्तपुर्णरुपमा भइरहेको स्ववियू निर्वाचन शुरु भएको केही बेरमा नै मा निर्बाचन स्थलमा बिबाद भएको थियो । झडपको स्थिती हुन नदीन सुरक्षाकर्मीको समेत बाक्लो उपस्थिती रहेको भएता पनी दुइ पक्ष बिच नारा बाजी भइरशेकोछ । फर्जी मत हाल्न खोजेपछि विवाद सिर्जना भएको बुझिएको छ । चौतारा बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनीयन क्रान्तीकारीले फर्जी मत हाल्न खोजकोे भन्दै अनेरास्वबीयु र नेपाल बिद्यार्थी सघका बिद्यार्थीहरुले बिरोध गरे पछि विवाद भएको बताइएको छ । गठबन्धनका बिद्यार्थीहरुले फर्जी मत हाल्नेलाइ कार्बहकिो माग गरिरहेका छन भने अनेरास्विवयू क्रान्तिकारीले निर्वाचन सुचारु गर्न दबाब दिँदै नारावाजी गरेका छन् भने गठबन्धन (नेविसंघ र अनेरास्विवयु) ले फर्जी मत ह...

प्रहरी महानिरीक्षकद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ५ चैतः प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हाल्नुभएको छ । पद बहालीसँगै उहाँले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाउनुभएका उहाँलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गर्नुभएको थियो । त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकामा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो । पद बहालीपछि महानिरीक्षक थापाले नेपाल प्र...