सम्पर्क

ब्रेकिङ न्युज १

वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसी ः आज आमाको मुख हेर्ने दिन

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिन आजैका दिन आफ्रनो जन्म र कर्म सन्सारदिनेजन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज हाम्रा आमाको भौतीक शरिर सन्सारमा नभए पनी आत्मालाइ भने आफुले सकेको मिठा मिठा खानेकुरा सम्झनामा खान दिई श्रद्धा भक्तिसाथ सम्झना गरेको छु । आज मात्र होइन हामीलाइ आमाले यो धर्तीमा पैदा गरेको दिन देखी आमा भनेर सम्बोधन गरेको बाहेक त्यो समय देखी आमा सँग लिन बाहेका केही दिन सकेको छैन । हामी आमाको मुख हेर्ने दिनमा मात्र सम्झने गर्छाै भन्ने होइन यो दिनचाही बिशेष गरी एक पर्बकै रुपमा मनाइने भएकाले बढी महत्व दिने गरेका छौ शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्...

बाह्रबिसे नगरपालिकाद्धारा असाय र अपाङ्गता भएका बालबालिकाहरूलाई सहयोग

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाले नगरपालिकाभित्र रहेका अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परिक्षणसहित सहयोगी सामाग्री बितरण गरेको छ । नगरले आय–आर्जन वृद्धिको निम्त विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको छ । बाह्रविसे नगरपालिकाको उप–प्रमुख मन्जु तामाङको सभापतित्वमा बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थपना केन्द्रको सहयोगमा भएको कार्यक्रममा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई सहयोगी सामग्रीहरू ह्वीलचियरहरू हस्तान्तरण गरेको छ । बाहबिसे नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रमा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न घरघरमा नै जान पर्ने नगर उपप्रमुख मन्जु तामाङले बताउँनु भयो । तामाङले सहयोगी सामागी्र हस्तानन्तरण गर्दै नगरमा रहेका सबै अपाङ्गता असाय नागिरकको स्वास्थ्य उपचारका साथै अभिभावकलाई आय आर्जनका लागि बशेष...

सिन्धुपाल्चोक फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको फुलपिङकोटमा विहान ११ः५३ बजे भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युट मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन । २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पको कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसपछि हरेक वर्ष भूकम्प स्मृति दिवस मनाइँदै आइएको छ ।...

विनाशकारी भूकम्पको ९ वर्ष पूरा

ब्रेकिङ न्युज १, समाचार
वैशाख १२ भनिरहदा त्यो २०ं७२ को कालो दिनलाई सम्झेर झस्किन्छ । आज ठाक्कै १० वर्ष पुरा भएको छ । ९ वर्षको अवधि वितिसक्दा पनि त्यो कालो दिनको यादहरु भने अझै आलो नै छ । क्षणभरमै जेजे भयो, त्यसको आघात अझै ताजै छ । २०७२ साल आजकै दिन ८ हजार ७ सय ९२ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ११ जना घाइते भएको थियो । २ हजार ६ सय ५६ घरहरू पूर्णरूपमा ध्वस्त भएको दिन हो आज । पश्चिम नेपाल गोरखाको बारपाक केन्द्रविन्दु बनाएर वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा आएको त्यो शक्तिशाली भूकम्पले करिब ७ लाख थप गरिबहरू थपिदिएको दिनलाई आम नेपालीले उज्यालो दिनको रूपमा मनाउन सक्दैनन् । आज भूकम्पको दश वर्ष बितेको छ । सोही विनाशकारी भूकम्पको स्मृतिमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो । काठमाडौँको सुन्धारामा अवस्थित धरहरा...

‘गुणस्तरीय पूर्वाधार निर्माणमा जोड दिन आवश्यक’

ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स एसोसियसन सिडेनको आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माणः नवप्रवर्तन लचिलोपन र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उहाँले मुलुकको विकासमा इञ्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।  मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताउनुभयो । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा धेरै इञ्जिनियरले रोजगार पाउने उल्लेख गर्नुभयो । बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउ...

कक्षा १२ को परीक्षा १० दिन पछि सर्‍यो

ब्रेकिङ न्युज १, समाचार
यही वैशाख ११ गतेदेखि सञ्चालनको तयारी गरेको कक्षा १२ को परीक्षा १० दिन पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुझावअनुसार राष्ट्रिय परीक्षा बोर्डले आज साँझ बैठक बसेर कक्षा १२ को परीक्षा ११ गतेदेखि सारेर वैशाख २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सारेर २१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । आज बिहान बोर्डको बैठक बसेर निजामति कर्मचारी परिचालन गरेर भए पनि आउँदो बिहीबार ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यद्यपि निजामति कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय बिबादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए । आजै साँझ बोर्डका अध्यक्ष शर्मासहितको टोली प्रधानमन्त्री केपी ओली...

निजामति कर्मचारी परिचालन गरेरै भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । सानोठिमीमा आज बसेको बोर्डको बैठकले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने तथा समय खेर जाने भएकाले परीक्षा नरोक्ने उहाँले बताउनुभयो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधकिारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय भएको नियन्त्रक शर्माले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आन्दोलन...

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाउनुभएको उहाँका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिनुभयो । “शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उहाँले भन्नुभयो, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिनुभएको छ ।...

राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञान बहादुर शाही पक्राउ पर्नुभएको छ । उहाँहरु निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो । रासस...

सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाचौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटेलाइ पर्यकटीय क्षेत्र घोषणा गरेको छ। शनीबार एक बृहत कार्यक्रमका बिच पुर्ब सभामुख अग्नी प्रसाद सापकोटाले सुकुटेलाइ पर्यटकीय क्षेत्र घोषणा गर्नु भएको हो । पर्यटकीय क्षेत्र घोषणा गर्र्दै सापकोटाले सुकुटेलाइ अन्तराष्टीय स्तरमा चिनाउँनका लागी नगरपालिकाले खेलेको भुमिका प्रती नगरपालिका परिबारलाइ बिशेष धन्यबाद दिदै पर्यटकीय क्षेत्र घोषणा सँगै यसका मुल्य र मान्यतामा रहेर काम गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको गत मिति २०८१ पौष २८ गतेको नगर सभाको निर्णय, स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ९ को उपदफा ३ बमोजिम सुकुटेलाई पर्यटकीय हवको रुपमा विकास गर्न अल्पकालिन र दीर्घकालिन गुरुयोजना सहित अघि बढ्न दिशा निर्देश गर्न सुकुटे पर्यटकीय क्षेत्र घोषणा गरिएको चौतारा साँगाचोक गढी नगर पालिकाका प्रमुख कृष्ण प्रसाद साप...