बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनाको विरोध
माधब दुलाल,काठमाडौँ – सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनाको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ। उक्त घटनाले समग्र समाजलाई स्तब्ध बनाएको छ।न्यायको माग गर्दै विभिन्न नागरिक समूह, अधिकारकर्मी तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरू सडकमा उत्रिएका छन्। काठमाडौँको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ भने बाँकेमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ।लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनालाई अत्यन्तै जघन्य अपराधको रूपमा लिँदै यसमा संलग्न अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्।पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तको नेतृत्वमा खबरदारी सभामा सहभागी समुदायका सदस्यहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कठोर कारबाही गर्न सरकारसँग जोडदार माग गरेका हुन्।उनीहरूले बालिक...







