सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीगाउँपालिका वडा नं २कोदारीमा पहिरोगएको कारण तातेपानी कोदारी राजमार्गमा सबारी साधानहरु आबत जाबतका लागी लागी बन्द भएको छ ।
अरनिको राजमार्गमा हिजो र आज बिहान भएको बर्षादको कारण अंन्दाजी .२० मिटर लम्बाई बाटो छेउबाटपहिरो गई बाटो भासीन गएको कारण गाडि आवतजावको लागी बाटो अबरोध भएको इलाका प्रहरी कार्यलयका पहरी .निरिक्षक जगत ब.राईले जानकारी दिनु भएको छ । उँहाका अनुसार बाटो खुलाउँने प्रयास भइरहेको र मौषम सफारहेको अबस्थामा आजै साँझ सम्ममा बाटो खुल्ने भएको छ ।
