
नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान बुढानीलकण्ठ क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको अनुसार सम्पत्ति शुद्घीकरणसम्बन्धी विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायले अनुरोध गरेपछि खड्कालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
