काभ्रेपलाञ्चोक —अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण दुई दिनदेखि बन्द रहेको विपी लोकमार्ग पुनः सञ्चालनमा आएको छ । शुक्रबार साँझदेखी अवरुद्घ भएको सडक आइतबार बिहान ६ बजेदेखी दुईतर्फी रुपमा खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
रोशी गाउँपालिका अन्तर्गत भकुण्डे–नेपालथोक खण्डमा विभिन्न स्थानमा लेदो र पहिरो खस्दा सडक अवरुद्घ बनेको थियो । अहिले सडक खुलाएपछि सवारी आवागमन पुनः सहज भएको छ । यद्यपि मौसम अझै अनुकूल नभएकाले जोखिम पूर्ण रुपमा टरेको छैन । त्यसैले यात्रु तथा चालकलाई सतर्कता अपनाएर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी रविन विष्टका अनुसार सुरक्षा सावधानीलाई प्राथमिकतामा राख्न सबैलाई अनुरोध गरिएको छ ।
