सम्पर्क

तातोपानी नाकामा यातायात अवरुद्द नाकाबन्दी नभएको स्पष्ट

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तातोपानी नाकामा केही दिनयता मालवाहक सवारी साधानको आवागमन रोकिएपछि यस विषयले ध्यान आकर्षित गरेको छ । सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरु देखिएसँगै नवनिर्वाचित सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि यसबारे जिज्ञासा व्यक्त गरेका छन् । तर सम्बन्धित निकायले भने नाका बन्द नभएको स्पष्ट पारेको छ । तातोपानी भन्सार कार्यालयको अनुसार समस्या नाकाबन्दीका कारण नभई सडक बिग्रिएर यातायात प्रभावित भएको हो । भन्सार कार्यालयका सूचना अधिकारीका अनुसार पछिल्ला केही दिनदेखी पहिरो खस्नुका साथै सडक मर्मतका क्रममा जमिन घसिँदा बाटो अवरुद्घ भएको छ । यही कारणले गर्दा चीनतर्फबाट आउने मालवाहक कन्टेनरहरु सीमापारमै रोकिएका छन् । उनले पछिल्ला समयको वर्षाका कारण अवस्था झन् जटिल बनेको उल्लेख गर्दै अहिले तीव्र रुपमा मर्मत कार्य भईरहेको जानकारी दिए । साथै, सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनामा नलाग्न आग्रह पनि गरिएको छ । कार्यालयका अनुसार काम अन्तिम चरणमा पुगेको छ र छिट्टै नै आवातजावत पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।