सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
भक्तपुर, २१ वैशाखः काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरुलाई भक्तपुरको दुई ‘सेल्टर’मा आश्रय दिएको छ । भक्तपुरको खरिपाटीस्थित चाँंगुनारायण नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र र मध्यपुरथिमि नगरपालिकास्थित कृषि विकास तालिम केन्द्रको भवनमा सेल्टरका रुपमा अस्थायी बासस्थनको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । यहाँ ल्याइएका सुकुमवासीलाई खाने र बस्ने निःशुल्क व्यवस्था गरेको छ । खरिपाटीस्थित तालिम केन्द्रमा १४० जना सुकुमवासीलाई राखिएको छ भने यहाँ राखिएकाहरुलाई होस्टेलमा परिवार–परिवार छुटाएर फरक कोठामा राखिएको छ । यसअघि कोरोना भाइरसको महामारीमा पहिलो पटक चीनबाट ल्याइएका नेपाली विद्यार्थीलाई सोही स्थानमा ४५ दिनसम्म राखिएको थियो । त्यसपछि कोरोना सङ्क्रमितलाई पनि राखिएको यस केन्द्रमा २५० जना अट्न...








