इन्द्रेश्वरी माविले पायो स्कुल बस
बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ स्थित टारमा रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयले स्कुल बस प्राप्त गरेको छ । आईतबार बागमती प्रदेशका भौतिक विकास तथा पुर्वाधार मन्त्री युवराज दुलाल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ लगायतले सोही स्कुल बसको उद्घाटन गर्नुभएको हो ।
विद्यालय बस हस्तान्तरण गर्दै मन्त्री दुलालले सामुदायिक विद्यालयलाई गुणस्तरीय केन्द्र बनाउनपर्छ भन्ने उद्देश्यका साथ बिद्यालयलाइ सुविधा सम्पन्न बनाउनका लागी विद्यालय बस कार्यक्रम आफु सामाजिक विकास मन्त्री हुँदा संचालन गरेको जानकारी दिनुभयो । मन्त्री दुलालले मेलम्ची नगरपालिकाको तेर्से माध्यमिक विद्यालय र कुविन्डेको सेती देविलाई बस हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको स्मरण गर्दै त्यसपछि थाङ्पाल भ्याली पाँचपोखरी, लागर्चे, चौतारा र मेलम्चीलाई बस उपलब्ध गराएको बताउ...
