नगर प्रमुख आइतमान तामाङ ले सुविधा सम्पन्न भवन निर्माणसँगै सेवाग्राहीले सहज र सरल रुपमा सेवा लिने अवसर पाउनु पर्ने बताउनुभएको छ । ९ नं. वडा कार्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै प्रमुख तामाङले वडा कार्यालयले प्रवाह गर्ने सेवा सर्वसाधारणले स्थानीय सरकारले दिने सेवाको अनुभूत गर्ने माध्यम भएको धारणा राख्नुभएको हो ।
उहाँले आफ्नो पहिलो प्राथमिकता समृद्ध नगर बनाउने भएकाले त्यसै अनुसार बजेट विनियोजन गर्ने गरिएको बताउनुभयो । तामाङले विकास निर्माणका क्रममा कामको गुणस्तर र परिणाममा कुनै सम्झौता नगर्ने प्रतिवद्धता दोहोर्याउनुभयो । उँहाले मेलम्ची ९ पर्यटन र कृषिमा नमूना हुन सक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । सो अबशरमा आफ्नो भनाइ राख्दै उपप्रमुख उमा प्रधानले भवन चिटिक्क बनेको भन्दै यसको संरक्षणमा सबैले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सम्पुर्ण वडा तथा अन्य स्थान बाल तथा अपांगमैत्री हुनु पर्नेमा जोड दिनुभयो ।उप प्रमुख प्रधानले १३ वटै वडाको विकासका लागि नगरपालिका लागि परेको बताउदै अब आय आर्जनमा वृद्धि गर्न सामुहिक खेती र कार्य हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले नयाँ कार्यालय भवनले सेवा सुविधा लिन सहज हुने बताउनुभयो । मिश्रले जग्गादाताहरु , ठेकदार, श्रमिक कर्मचारीलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सम्मान योग्य काम गर्न सुझाउनुभयो । मेलम्ची नगरपालिकाको दुई करोड ६४ लाख ९७ हजार रुपैयाँको लागतमा जुगल हिमिशखर – केदार निर्माण सेवा जेभीले उक्त भवन निर्माण गरेको हो । कार्यक्रममा वडा अध्यक्षहरु २ का नगेन्द्र खतिवडा , ५ का राजु रायमाझी , १० का अमृत खनाल, इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा जग्गादाता १० जना र ठेकेदार कम्पनिलाई सम्मान गरिएको थियो । समयमै गुणस्तरीय काम गरेकामा निर्माण कम्पनिलाई वडा अध्यक्ष किरणदिप खड्का लगायतले धन्यवाद ज्ञापन गर्नुभयो । वडा अध्यक्ष किरण दिप खड्काको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाअध्यक्षहरु नगेन्द्र प्रसाद खतिवडा, राजु रायमाझी, अमृत खनाल, गणेश तामाङ, नगरपालिकाका कर्मचारी, निर्माण व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि , स्थानीय वासिन्दाहरुको सहभागिता रहेको थियो ।
