मेलम्ची नगरपालिकाका महिलाहरुलाई विशेष ४ महिने सिलाई कटाई तालिम सुरु भएको छ ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा बिहिबारबाट मेलम्चीमा सुरु भएको तालिमको उद्घाटन गर्दै नगरप्रमुख आइतमान तामाङले नगरवासिलाई स्वरोजगार तथा दक्ष बनाउन विभिन्न सिप मुलक तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । उहाँले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले तालिमपछि महिलाले गाउँघरमै टेलर स्थापना गरी आयआर्जन गर्नसक्ने बताउनुभयो । उहाँले थप विशेष तालिमबाट गार्मेन्ट कपडा,स्कुल ड्रेस, ज्याकेट लगायत सिलाई बाट आयआर्जन तथा प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो ।
यसअघि रिड र मेलम्ची नगरपालिकाले आधारभुत तालिम दिएका ३० जना सिमान्तकृत,जनजाति तथा अन्य महिला तालिममा सहभागी रहेको नगरपालिकाका महिला बालबालिका तथा समावेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
