सम्पर्क

चौतारा नगरद्धारा प्रधानमन्त्रीलाई १७ लाखको चेक हस्तान्तरण

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुको लागी घोषणा गरेको सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ ।
बिहिबार नगरप्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा र प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसि सहितको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को प्रधानमन्त्री निवास बालुवाटारमा पुगी १७ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।
गत कार्तिक १७ गते राति ११ बजे गएको भुकम्पले जाजरकोट र रुकुममा ठुलो मात्रामा जनधनमा क्षेति पुर्याएको थियोे ।