सम्पर्क

स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने,mआइतमान

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरवासिलाई स्वरोजगार तथा दक्ष बनाउन विभिन्न सिप मुलक तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा अभिया तालिम केन्द्रको आयोजनामा आजबाट मेलम्चीमा सुरु भएको ४ महिने सिलाई कटाई तालिमको उद्घाटन गर्दै तामाङले सो कुरा बताउनुभएको हो । उहाँले गाउँमै स्वरोजगार बन्न चाहानेका लागी नगरपालिकाले सधैं सहयोग गर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले तालिमपछि महिलाले गाउँघरमै टेलर स्थापना गरी आयआर्जन गर्नसक्ने बताउनुभयो । उहाँले थप विशेष तालिमबाट गार्मेन्ट कपडा,स्कुल ड्रेस, ज्याकेट लगायत सिलाई बाट आयआर्जन तथा प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो । यसअघि रिड र मेलम्ची नगरपालिकाले आधारभुत तालिम दिएका ३० जना सिमान्तकृत,जनजाति तथा अन्य महिला तालिममा सहभागी रहेको नगरपालिकाका महिला बालबालिका तथा समावेशिकरण शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्रराज खरेलले तालिमलाई निरन्तरता दिएमात्र सफल हुने भएकाले निरन्तर तालिममा आउँनका लागी आग्रह गर्नुभयो । अभिया तालिम केन्द्रका अध्यक्ष मिङ्मार तामाङले ४ महिना सम्म दैनिक ३ घण्टा तालिम सञ्चालन गरिने बताउनुभयो । मेलम्ची भेगमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्षका साथ आफुहरुले तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । तामाङ र शर्मिला श्रेष्ठले तालिमको सहजिकरण गर्नुहुने छ ।