मंसिर ७ गते काठमाडौंमा दुर्गा प्रसाईं नेतृत्व मोर्चा र नेकपा एमालेको भ्रातृ संगठन युवा संघले एकै दिन विरोध प्रदर्शन राखेपछि सुरक्षा चुनौती बढेको छ ।जिल्ला प्रशासन कार्यालयले माइतीघरमा निषेधाज्ञा जारी गरेर दुई समूहलाई फरक–फरक ठाउँमा प्रदर्शन गर्न ठाउँ तोकेको छ । युवा संघले तीनकुनेमा कार्यक्रम गर्ने र प्रसाइले बल्खुमा कार्यक्रम गर्ने भएको छ । निषेधाज्ञा जारी भएसँगै सम्भावित ‘मुठभेट’ सँम्धावना टरेको भए पनिी सुरक्षा निकायलाइ सुरक्षा सम्बन्धी चुनौती भने थपीएको छ ।
काठमाण्डौका कार्यक्रहरुमा हिंसा हुन नदीन काठमाण्डौको सुरक्षा व्यबस्था कडा पार्दै काठमाण्डौसँग जोडिएका मुख्य नाकामा सुरक्षा निकायले जाँचमा कडाइ गर्न थालेका छन् । भोलि एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको हो ।ट्राफिक प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा गाडीमा विशेष जाँच गर्न थालेको छ । मुख्य नाका थानकोटसहित फर्पिङ, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीलगायतका क्षेत्रमा गाडी रोकेर जाँच हुँदै आएको छ । यसअघि काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर प्रदर्शनमा हुनसक्ने सम्भावित घटनाको विश्लेषण गरी सुरक्षा व्यवस्था तयार गरिएको छ ।जिल्ला प्रशासन कार्यालय काठमाण्डौले दुई पक्षबीच मुठभेड र झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी जुलुस, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेध आदेश नै जारी गरेको छ । साथै नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्ण भेला हुन पाउने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको रक्षा गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको पनि जनाएको छ ।प्रसाईंले कार्यक्रम व्यवस्थापन गर्न ८६ जना संयोजक तोक्नु भएको छ । वसमा यातायात व्यवस्थापन र सर्वसाधारणलाई काठमाडौँमा उतार्ने गरी फरक जिम्मेवारी सहितका संयोजक तोकिएको हो।वित्तीय संस्थाको ऋण नतिर्न अपिल गरेर चर्चामा आउँनुभएका प्रसाईं राजतन्त्र फर्काउनेसहितका नारा लिएर अगाडी बढ्नु भएको छ । सोही अभियानअन्तर्गत प्रसाईंले मंसिर ७ गते देशभरबाट आफ्ना समर्थकलाई काठमाडौं उतार्न लाग्नु भएको हो ।यता महेश बस्नेतको अग्रसरतामा एमाले भ्रातृ संगठन युवा संघले पनि सोही दिन विरोध प्रदर्शन गर्ने भएको छ । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो बिहीबार ३ वटा सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएर बिफ्रिङ लिनुभएको थियो । गत शनिवार राष्ट्रिय सुरक्षा परिषद्को बैठक समेत बसेको थियो । यता सुरक्षा निकायले आफ्नो अधिकारको उपभोग गर्दा राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता र अखण्डतामा खलल पार्ने, सार्वजनिक सम्पत्तिको हानी नोक्सानी एवम् क्षति पु¥याउने कुनै पनि गतिविधि नगर्न÷नगराउन अनुरोध गरेको छ ।त्यस्ता गतिविधि भएमा प्रचलित कानुन अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निकालेको विज्ञप्तिमा उल्लेख छ । त्यसै अनुसार सुरक्षा निकायले प्रदर्शनमा अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अघिल्लो र नेपाली सेना गरी तीनै तहको सुरक्षा निकाय परिचालन गर्ने तयारी गरेको छ ।जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राष्ट्रपति भवन शीतलनिवास, प्रधानमन्त्रीनिवास, उपराष्ट्रपति भवन हरित गृह, बानेश्वरमा रहेको संसद् भवन र सिंहदरबार क्षेत्र हिजोदेखि ३० दिनका लागि निषेधित क्षेत्र तोकेको छ । त्यस्तै अस्ति सोमवार नै माइतीघर, नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि हिजो एक सूचना निकालेर पुल्चोकमा रहेको मन्त्रीनिवास क्षेत्रलाई ६ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ । भोलि नेकपा एमाले निकट युवा संघ र व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाण्डौमा प्रदर्शनको आह्वान भएकाले विभिन्न ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
