शिक्षा क्षेत्रलाई मेलम्ची नगरपालिकाले विशेष महत्व दिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ ।
उहाँले नगरपालिकाले शिक्षण सिकाइका लागी बिषयविज्ञ नियुक्त गर्न लागेको जानकारी दिदै यसले शिक्षामा गुणस्तरीय परिबर्तन आउने बिश्वास ब्यक्त गर्नुभयो । उाहाले बिद्यालयका पुर्ब बिद्यार्थीहरुको आथीृक सहयोगमा निर्मीत सरस्वती मन्दीरको उद्धघाटन समारोहलाइ समबोधन गर्दै यस्तो बताउँनु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि तामाङले बिद्यार्थीको शैक्षिक गतिविधिको बारेमा अभिभावक ,शिक्षक,बिद्यालय ब्यबस्थापन समिति लगायतले विशेष चासो राख्नुपर्नेमा जोड दिनुभयो ।
६० सालको एस एल सि ब्याजले गरेको कामको चर्चा गर्दै शिक्षा क्षेत्रमा गरेको लगानी खेर नजाने बताउनुभयो । नगर प्रमुख तामाङले यो बर्ष बाट टेण्डर आह्वान गरेर पुल निर्माणको काम सुरु हुने जानकारी दिनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौर स्थित बालसुधार माध्यमिक विद्यालयमा निर्मित सरस्वती मन्दिर सोहि विद्यालयका २०६० सालका एस एल सि ब्याज द्वारा निर्माण गरिएको थियो । उप प्रमुख उमा प्रधान ,समाजसेवी तथा सम्मानित ब्यक्तित्व डाक्टर कृष्णप्रसाद सुवेदी,वडा अध्यक्ष पासाङ तामाङ,लगायतको बिशेष अतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले ६० सालको एस एल सि ब्याजले गरेको कार्यको प्रसम्सा गर्दै यस्ता कामलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । उप प्रमुख प्रधानले विभिन्न कारणले गर्दा अहिले विद्यालय,समाज घर घरमा डिप्रेसनको सिकार हुनपरेको भन्दै अहिले हरेक बिद्यालयमा मनोपरामरर्स दाता आवश्यक रहेको बताउनुभयो ।
यसै गरी कार्यक्रममा वडा अध्यक्ष पासाङ तामाङ्ले एकतको उदाहरण मन्दिर निर्माणले देखाएको बताउनुभयो । उहाँले यस्तै रचनात्मक काम गर्दै सहयोग गर्न समेत आह्वान गर्नुभयो । अध्यक्ष तामाङले वडामा हुने यस्ता विकास निर्माण लगायतका हरेक सकारात्मक कार्यमा साथ दिनको लागी आफु सदैव तयार रहेको बताउनुभयो । कार्यक्रममा कार्यक्रममा समाजसेवी तथा सम्मानित ब्यक्ति डाक्टर कृष्णप्रसाद सुवेदीले जीवनमा सधै सिर्जनशिल र सामाजिक भएर काम गर्न सुझाव दिनुभयो । विगत लामो समय देखी शिक्षा क्षेत्रमा काम गर्दै आउनुभएका सुवेदीले आफ्नो गाउँ आफैं बनाउ भन्ने नारा अनुसारको काम दुवाचौरमा भएको भन्दै उहाँले खुशी ब्यक्त गर्नुभयो ।
उहाँले दुवाचौर पर्यटकीय स्थल भएकाले मेलम्ची नगरपालिकाले अहिलेको जस्तैगरि निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।एन बि श्रेष्ठ कन्स्ट्रक्सनले ५ लाख ५० हजारमा निर्माणको जिम्मा पाएको मन्दिर निर्माणमा २९ जना विद्यार्थीहरुले सहयोग गर्नुभएको मेलम्ची ७ वडा सदस्य एवम् आयोजक श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नविन गिरिको संयोजकत्वमा भएको कार्यक्रममा पुर्व विद्यार्थी जित तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवराज सुवेदी लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।
