सम्पर्क

मृगौला पीडित गहतराजलाई आर्थिक सहयोग

जन्मभूमि सामाजिक संस्थाद्धारा मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका – १३ ठुलोसिरुवारी, कोटडाँडा घर भएका दुबै मृगौला पिडित तिलक बहादुर गहतराजलाई वीर अस्पतालमा नै पुगेर सामाजिक संस्थाद्धारा आर्थिक सहयोग नगद ३८१००।– (अक्षेरुपी अठ्तिस हजार एक सय रुपयाँ) हस्तान्तरण गरिएको संस्थाका सचिव सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष गिता श्रेष्ठको संयोजकत्वमा तथा संस्थाका सल्लाहकार डा.शर्मिला मोक्तान ज्यु उपाध्यक्ष नारायण श्रेष्ठ, सचिव सुमन कुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु प्रमिला बस्नेत थापा, अम्बर बहादुर राई( राईकान्छा), झम्क बहादुर श्रेष्ठ, हेम बहादुर अधिकारी आजिव तथा पुर्व बरिस्ठ उपाध्यक्ष लेख बहादुर श्रेष्ठ, मानार्थ उर्मिला अधिकारी, आजिवन सदस्यहरु रमिला दाहाल, लक्ष्मि श्रेष्ठ, अम्बिका गौतम श्रेष्ठ , समाजसेवी रामशरण बि.क, मेगनाथ चौलागाई, धुर्व गहतराज लगायत विभिन्न समाजसेवी सहयोगी व्यक्तित्वहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो । मृगौला पीडित गहतराजको काठमाडौ वीर अस्पतालमा उपचार भईरहेको छ ।