सम्पर्क

नेपाल सोतोकान कराते संघ मेलम्ची नगरपालिका कार्य समिति गठन

 

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं.१० का वडा अध्यक्ष अमृत खनालको संयोजकत्वमा नेपाल सोतोकान कराते संघ मेलम्ची नगरपालिका कार्य समिति गठन गरिएको छ । समितिका पदाधिकारीहरुमा आयुष पण्डित अध्यक्ष, एन्जिल, बिकास परियार, उपाध्यक्ष ,रामकुमार तामाङ सचिव, निशान रावल कोषाध्यक्ष ,सुस्मिता सुनार सदस्य , चुजाङ आले मगर सदस्य, सजिना परियार सदस्य, प्रभाष दाहाल सदस्य र कृष्णकुमार माझी सदस्य लगायत समितिमा चयन गरिएको समितिका उपाध्यक्ष विकास परियारले जानकारी दिनुभयो ।
त अक्ष्यक्ष खनालले सम्पुर्ण समितिका टिमलाई ह बधाइ एवम् सफल कार्य कालको शुभकामना समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल सोतोकान कराते महासंघ सिन्धुपाल्चोका जिल्ला अध्यक्ष तोकबहादुर तामाङ र प्रमुख प्रशिक्षक तथा जिल्ला सचीव रेशम सुन्दासको उपस्थिति रहेको आयोजक शितला देवि डोजोले जनाएको छ ।